पदबाट मुक्त भएपछि ट्रम्पविरुद्ध अभियोग लगाउन सकिन्छः मुल्लर | Khabarhub Khabarhub

पदबाट मुक्त भएपछि ट्रम्पविरुद्ध अभियोग लगाउन सकिन्छः मुल्लर


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– पदबाट मुक्त भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी राजनीतिक प्रणालीमा बाधा हालेको विषयमा अभियोग लगाउन सकिने अमेरिकी न्याय मन्त्रालयका पूर्व विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले जनाएका छन् ।

सन् २०१६ मा भएको निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपबारे अनुसन्धान गरेका मुल्लरले कंग्रेसको न्याय समितिको सुनुवाईका क्रममा पदमा रहेका राष्ट्रपतिलाई आपराधिक अभियोग लगाउन नसकिने भएकाले ट्रम्प पदबाट मुक्त भएपछि भने उनीविरुद्ध न्याय प्रणालीमा बाधा हालेको अभियोग लगाउन सकिने बताएका हुन् ।

ट्रम्पले यसअघि भन्दै आएको यो अभियोगबाट पूर्णतः सफाइ पाइसकेको कुरा असत्य भएको समेत मुल्लरले बताए । उनले ट्रम्पले रुसीहरुसँग साँठगाँठ गरेको विषयमा अपर्याप्त प्रमाण पाएको समेत बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ९ : ४९ बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०