लागू औषधसहित काठमाडौंमा चार जना पक्राउ | Khabarhub Khabarhub

लागू औषधसहित काठमाडौंमा चार जना पक्राउ


१० माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरीले ठूलो मात्रामा लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी काठमाडौंको बांगेमुडाबाट १ हजार ४५ थान एम्पुल, १ हजार २ सय २५ ट्याब्लेट र ५ सय ग्राम चरेशसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा रामेछाप गोकुलगंगा गाउँपालिकाका ३२ वर्षीय अशोक लामा, २१ वर्षीय रमेश थापामगर, सिन्धुपाल्चोक चाकु मार्तिवाङका २८ वर्षीय राकेश श्रेष्ठ र २४ वर्षीय विशाल श्रेष्ठ रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट १४ हजार नगद र १२ वटा मोवाईल सेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार  ९ : १२ बजे

युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो देशमार्फत युक्रेनलाई एकदमै

मंगलबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार ३१ गते मंगलबार। साउन

आज २०८२ साल असार ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३१ गते मंगलबार। साउन

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।