कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै


१० माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। महासमिति बैठकले पारित गर्न बाँकी रहेका विषय आजको बैठकले पारित गर्नेछ।

केन्द्रीय सदस्य बुथबाट निर्वाचित भई महाधिवेशन प्रतिनिधि बन्ने, आरक्षण कोटा एक पटक मात्रै उपयोग गर्न पाउनुपर्ने लगायतका प्रस्ताव जिल्ला सभापतिहरुले राखेका थिए। पुस ८ मा सकिएको महासमिति बैठकले जिल्ला सभापतिहरुको प्रस्ताव केन्द्रीय समितिले पारित गर्ने निर्णय गरेको थियो।

आजको बैठकमा कार्यकाल सकिएको नेविसंघको विषयमा पनि छलफल हुने बताइएको छ। साथै, कांग्रेसका पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई सरकारले प्रदेश मातहत राख्ने तयारी गरेको विषयमा पनि छलफल हुने मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराए।

बिहीबारको बैठकपछि मात्रै बैठक कति दिन लम्बिने निश्चित हुने उनले जानकारी गराए। बैठक बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार  १० : २३ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा