यूएई विरुद्धको सिरिजका लागि नेपाली टाेली दुबईमा | Khabarhub Khabarhub

यूएई विरुद्धको सिरिजका लागि नेपाली टाेली दुबईमा


१० माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएइ )विरुद्ध हुने तीन अन्तर्राष्ट्रिय एकदिवसीय र तीन टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली टोली यतिबेला दुबइमा छ । शुक्रबारबाट खेल शुरु हुनेछन् । खेलका लागि नेपाली टोली अभ्यासमा व्यस्त बनेको छ ।

नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय खेल खेल्दैछ। यस्तै माघ १७, १८ र २० मा टी–२० खेल हुनेछ। यूएइविरुद्धको सिरिज नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ। आइसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसँग पहिलो एकदिवसीय सिरिज खेलेको थियो जुन सिरिज एक–एकको बराबरी सकिएको थियो।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी,आरिफ शेख,रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी, विनोद भण्डारी, भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोरा रहेका छन् ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार  २ : ३४ बजे

मोटरसाइकलको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु

रौतहट – मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको ज्यान गएको

प्रेस काउन्सिलको वार्षिकोत्सवमा पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक

काठमाडौँ – प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा

अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद

न्यूयोर्क – परराष्ट्रमन्त्री एनपी साउदले अतिकम विकसित देशहरूको पूर्वाधारका लागि

भारतमा एक नेपालीको मृत्यु

कञ्चनपुर – भारतको एक तालमा डुबेर एक नेपालीको ज्यान गएको

प्रवासीको कथामा ‘परदेशी २’

काठमाडौँ – नारायण रायमाझीले निर्देशन गर्नुभएको चलचित्र ‘परदेशी–२’ यही असोज