यूएई विरुद्धको सिरिजका लागि नेपाली टाेली दुबईमा « Khabarhub

यूएई विरुद्धको सिरिजका लागि नेपाली टाेली दुबईमा


१० माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएइ )विरुद्ध हुने तीन अन्तर्राष्ट्रिय एकदिवसीय र तीन टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली टोली यतिबेला दुबइमा छ । शुक्रबारबाट खेल शुरु हुनेछन् । खेलका लागि नेपाली टोली अभ्यासमा व्यस्त बनेको छ ।

नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय खेल खेल्दैछ। यस्तै माघ १७, १८ र २० मा टी–२० खेल हुनेछ। यूएइविरुद्धको सिरिज नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ। आइसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसँग पहिलो एकदिवसीय सिरिज खेलेको थियो जुन सिरिज एक–एकको बराबरी सकिएको थियो।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी,आरिफ शेख,रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी, विनोद भण्डारी, भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोरा रहेका छन् ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार  २ : ३४ बजे

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल