बिहानै ध्यान गर्नुका फाइदा « Khabarhub

बिहानै ध्यान गर्नुका फाइदा


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिनप्रतिदिन मानिसको दैनिकी व्यस्त बन्दै गएको छ । त्यसैले मानसिक तनाव पनि बढ्दो छ । यसलाई नियन्त्रणमा लिन ध्यान गर्नु आवश्यक छ । त्यमा पनि बिहानको समयमा ध्यान गरे लाभदायी हुने ध्यान गुरु विकास खनालले बताए ।

खनालका अनुसार ध्यानका लागि यो समय भन्ने नभएपनि एकाघ्र हुनका लागि बिहानको समय उपयुक्त हुन्छ । त्यसैले पनि धेरैले बिहान कै समय रोज्ने गर्दछन् ।

बिहान, बेलुका र राति अथवा एकान्त स्थानमा कुनै पनि समय ध्यान गर्न सकिन्छ। तर अन्य समयको तुलनामा बिहानको समयमा गर्नु उत्तम मानिन्छ। शुरुका दिनमा ध्यान गर्दा मन एकाग्र हुन नसकेमा श्वासप्रश्वासलाई गणना गर्ने काम गर्नुपर्छ।

जसले ध्यानलाई केन्द्रित गर्न सहयोग गर्छ। यसरी गणना गर्दै जाँदा केही दिनमा गणना हराउँछ र श्वासप्रश्वास मात्र बाँकी रहन्छ, मानिसको मनमा शान्तभावको विकास हुन्छ। जसले गर्दा मानिसलाई तनावमुक्त बनाउनका साथै नकारात्मक भावनाक विकास हुन दिंदैन।

आफ्नो जीवनलाई सुखमय बनाउन जुनसुकै व्यक्तिले ध्यान गर्नु उपयुक्त हुन्छ। अझ जसको मन स्थिर रहदैन, मन चञ्चल छ, कुनै कुरामा एकाग्रता छैन र तनावयुक्त जीवनयापन गरिरहेका छन्। त्यस्ता व्यक्तिहरुलाई ध्यान आवश्यक छ।

ध्यानबाट शारीरिक स्तरमा हुने लाभ

ध्यानको कारण शरीरको आन्तरिक क्रियामा विशेष परिवर्तन हुन्छ । र शरीरको प्रत्येक कोशिका प्राणतत्वले भरिन्छ । शरीरमा प्राणतत्व बढ्नाले प्रशन्नता, शान्ति र उत्साहको संचार हुन्छ ।

– उच्च रक्तचाप कम हुन्छ । रक्तमा ल्याक्टेट कम हुन्छ । उद्ववेग, व्याकुलता कम हुन्छ ।

– तनाव व्यवस्थापनको राम्रो माध्याम हो यो । तनावको कारण पैदा हुने कुनैपनि समस्या कम हुन्छ ।

– भावदसा वा व्यवहार राम्रो बनाउने माध्याम हो ।

– प्रतिरक्षा तन्त्रमा सुधार आउँछ ।

– उर्जाको आन्तरिक स्रोतमा उन्नति हुनाले उर्जा स्तर वृद्धि हुन्छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ६ : १५ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग