डढेलो नियन्त्रणका लागि सेनालाई आदेश | Khabarhub Khabarhub

डढेलो नियन्त्रणका लागि सेनालाई आदेश


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले अमेजनको डढेलोसँग जुध्नका लागि सेनालाई सहयोग गर्न आदेश दिएका छन् । राष्ट्रपति जेयरले जारी गरेको आदेशले प्राकृतिक संरक्षण क्षेत्र, आदीवासी बसोबास भएको क्षेत्र र त्यसका वरपरका क्षेत्रमा सेनालाई खट्ने अधिकार दिएको छ ।

ब्राजिल सरकारले डढेलो नियन्त्रणको लागि वेबास्ता गरेको भन्दै विश्वभरीबाट आइरहेको प्रतिक्रियालाई बोल्सोनारोले आलोचना गरेका छन् । उनले डढेलोलाई देखाएर ब्राजिलविरुद्ध ‘दण्डात्मक प्रतिबन्ध’ लगाउन नसकिने बताए । ब्राजिलमा रहेको अमेजन वर्षा वनमा यो वर्ष हालसम्मकै ठूलो डढेलो लागिरहेको छ ।

आयरल्याण्ड र फ्रान्सले अमेजनमा जारी डढेलोविरुद्ध कुनै कदम नउठाएमा ब्राजिलसँगको व्यापार सम्झैता अनुमोदन नगर्ने बताएका थिए । फिनल्याण्डका अर्थमन्त्रीले, अमेजनको डढेलोप्रतिको बोल्सोनारोको बेवास्ताले गर्दा युरोपेली संघले ब्राजिलबाट आयात हुने मासुमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए ।

जर्मन चान्सलर एन्जेला मार्केल, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन र ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसन सबैले अमेजनको डढेलोलाई अन्तर्राष्ट्रिय संकट बताएका छन् । मर्केल र म्याक्रोनले यो विषय यही हप्ता हुन लागेको जी–७ सम्मेलनमा उठाउने बताएको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्र संघका महासचिवले एन्टोनियो गुटेरसले यस विषयमा बिहीबार ट्विट गर्दै लेखेको छन्, ‘विश्वव्यापी जलवायु संकटका माझ, हामी अक्सिजन र जैविक विविधताको प्रमुख स्रोतमाथि थप क्षति असह्य हुन्छ । अमेजनको संरक्षण गर्नैपर्छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले बोल्सोनारोसँग शुक्रबार यस विषयमा कुरा गरेको बताए । ‘मैले उनलाई अमेरिकाले अमेजन वर्षा–वनको डढेलो नियन्त्रणमा सघाउन सक्ने केही छ भने भन्नुस् भने । हामी सहयोगको लागि तयार छौँ,’ ट्रम्पले ट्वीटमा भनेका छन् ।

ब्राजिलभित्र पनि अमेजनको डढेलोविरुद्ध सरकारले उपयुक्त कदम नचालेको भनेर शुक्रबार देशैभरी प्रर्दशन भएको थियो । त्यस्तै वातावरणीय समूहले आगलागी नियन्त्रणको गर्न माग गर्दै विश्वभर रहेका ब्राजिलका दुतावास अघि प्रदर्शन गरेका थिए ।

अमेजन विश्वको सबैभन्दा ठूलो वर्षा–वन हो । अमेजनले उलेख्य मात्रामा कार्बनलाई सञ्चय गरेर विश्वव्यापी तापक्रम वृद्धिलाई सुस्त बनाउन सहयोग गर्छ । ठूलो मात्रामा कार्वनलाई सञ्चय गर्ने र अक्सिजन उत्सर्जन गर्ने भएकाले अमेजनलाई ‘विश्वको फोक्सो’ भनेर पनि चिनिन्छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  १० : ४० बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो