डढेलो नियन्त्रणका लागि सेनालाई आदेश « Khabarhub

डढेलो नियन्त्रणका लागि सेनालाई आदेश


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले अमेजनको डढेलोसँग जुध्नका लागि सेनालाई सहयोग गर्न आदेश दिएका छन् । राष्ट्रपति जेयरले जारी गरेको आदेशले प्राकृतिक संरक्षण क्षेत्र, आदीवासी बसोबास भएको क्षेत्र र त्यसका वरपरका क्षेत्रमा सेनालाई खट्ने अधिकार दिएको छ ।

ब्राजिल सरकारले डढेलो नियन्त्रणको लागि वेबास्ता गरेको भन्दै विश्वभरीबाट आइरहेको प्रतिक्रियालाई बोल्सोनारोले आलोचना गरेका छन् । उनले डढेलोलाई देखाएर ब्राजिलविरुद्ध ‘दण्डात्मक प्रतिबन्ध’ लगाउन नसकिने बताए । ब्राजिलमा रहेको अमेजन वर्षा वनमा यो वर्ष हालसम्मकै ठूलो डढेलो लागिरहेको छ ।

आयरल्याण्ड र फ्रान्सले अमेजनमा जारी डढेलोविरुद्ध कुनै कदम नउठाएमा ब्राजिलसँगको व्यापार सम्झैता अनुमोदन नगर्ने बताएका थिए । फिनल्याण्डका अर्थमन्त्रीले, अमेजनको डढेलोप्रतिको बोल्सोनारोको बेवास्ताले गर्दा युरोपेली संघले ब्राजिलबाट आयात हुने मासुमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए ।

जर्मन चान्सलर एन्जेला मार्केल, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन र ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसन सबैले अमेजनको डढेलोलाई अन्तर्राष्ट्रिय संकट बताएका छन् । मर्केल र म्याक्रोनले यो विषय यही हप्ता हुन लागेको जी–७ सम्मेलनमा उठाउने बताएको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्र संघका महासचिवले एन्टोनियो गुटेरसले यस विषयमा बिहीबार ट्विट गर्दै लेखेको छन्, ‘विश्वव्यापी जलवायु संकटका माझ, हामी अक्सिजन र जैविक विविधताको प्रमुख स्रोतमाथि थप क्षति असह्य हुन्छ । अमेजनको संरक्षण गर्नैपर्छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले बोल्सोनारोसँग शुक्रबार यस विषयमा कुरा गरेको बताए । ‘मैले उनलाई अमेरिकाले अमेजन वर्षा–वनको डढेलो नियन्त्रणमा सघाउन सक्ने केही छ भने भन्नुस् भने । हामी सहयोगको लागि तयार छौँ,’ ट्रम्पले ट्वीटमा भनेका छन् ।

ब्राजिलभित्र पनि अमेजनको डढेलोविरुद्ध सरकारले उपयुक्त कदम नचालेको भनेर शुक्रबार देशैभरी प्रर्दशन भएको थियो । त्यस्तै वातावरणीय समूहले आगलागी नियन्त्रणको गर्न माग गर्दै विश्वभर रहेका ब्राजिलका दुतावास अघि प्रदर्शन गरेका थिए ।

अमेजन विश्वको सबैभन्दा ठूलो वर्षा–वन हो । अमेजनले उलेख्य मात्रामा कार्बनलाई सञ्चय गरेर विश्वव्यापी तापक्रम वृद्धिलाई सुस्त बनाउन सहयोग गर्छ । ठूलो मात्रामा कार्वनलाई सञ्चय गर्ने र अक्सिजन उत्सर्जन गर्ने भएकाले अमेजनलाई ‘विश्वको फोक्सो’ भनेर पनि चिनिन्छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  १० : ४० बजे

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र