डिपो नहुँदा खाद्य संस्थानको चामल बिकेन « Khabarhub

डिपो नहुँदा खाद्य संस्थानको चामल बिकेन


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– पायकपर्ने ठाउँमा नेपाल खाद्य संस्थानको बिक्री केन्द्र नहुँदा स्थानीयवासी बजारको महङ्गो चामल खरीद गर्न बाध्य छन् । बिक्री केन्द्र पुग्न एक दिन लाग्ने भएपछि स्थानीयवासीलाई समस्या भएको हो । संस्थानको अनुदानमा पाइन चामल बजारको पाइने चामल भन्दा सस्तो भए पनि गाउँको पहुँचमा नहुँदा खरीद गर्न समस्या भएको हो ।

जिल्लाका अधिकांश डिपो रहेका ठाउँ पुग्न स्थानीयवासीलाई एक दिन भन्दा बढी लाग्ने गर्दछ । संस्थानको घाट, घोगी र चौखास्थित डिपो जनताको पहुँचमा छैनन् । खाद्यान्नको अनुदानको चामल बिक्री नभएर गोदममै थन्किएर बजारबाट महङ्गो चामल किनेर गुजारा चलाउन बाध्य हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने स्थानीयवासीको माग छ । बारेकोटका धुम, ताँसी, कुम्द, जिरी, मुल्सामलगायत गाउँका बासिन्दाघाट डिपो पुगेर चामल ल्याउन दिनभर हिँड्नुपर्ने बाध्यता छ।

त्यस्तै पैराम, गर्खाकोट, बुँदीडाँडा, स्याङ्लगायत गाउँका बासिन्दालाई घोगी डिपोमा पुगेर चामल ल्याउन कम्तीमा सात घण्टा लाग्छ । ध्यारगाउँ, बानियागाउँ, सिउन, वायाकाडालगायत गाउँबाट चौकास्थित डिपोमा पुगेर अनुदानको चामल ल्याउन एक दिन लाग्ने गरेको स्थानीयवासीको गुनासो छ। घाट डिपोमा पुगेर अनुदानको चामल लिन दिनभर हिँड्नुपर्ने बाध्यताले बजारको महङ्गो चामल किनेर गुजारा चलाउन बाध्य भएको बारेकोट गाउँपालिका–४ रावतजिरीका रवि रावतले बताए । उनका अनुसार स्थानीय बजारमा मोटो चामल प्रतिकिलो रु ७० मा बिक्री भइरहेको छ। खाद्य संस्थानले अरुवा मध्यम चामल प्रतिकिलो रु ४५ मा बिक्री गर्दै आएको छ ।

चामल बिक्री नभएपछि खाद्य संस्थानको घोगी डिपोमा पाँच सय, घाट डिपोमा ३०० र चौखा डिपोमा एक हजार ७०० क्वीन्टल गत आर्थिक वर्षकै चामल मौज्दात छ। त्यस्तै खलङ्गास्थित गोदाममा एक हजार ७०० क्वीन्टल चामल मौज्दात रहेको संस्थानले जनाएको छ। संस्थानका अनुसार डिपो र शाखा कार्यालयमा अरुवा मध्यम चामल मौज्जात रहेको हो। जाजरकोटमा संस्थानका छ डिपो छन्। संस्थानले दशेरा र घोगी डिपोका लागि नेपालगञ्जबाट बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्छ भने घाट, चौखा , जुनिचाँदे, कालीमटी, लागि खलङ्गाबाट ढुवानी हुने गरेको छ।

खलङ्गा गोदाम र गाउँका डिपोमा चामल किन्न स्थानीयवासी फाट्टफुट्ट आउने गरेका निमित्त कार्यालय प्रमुख रामप्रसाद पौडेलले बताए गत आर्थिक वर्षमा १० हजार क्वीन्टल अरुवा मध्यम चामल आपूर्ति भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ३ : ३५ बजे

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार

खाद्यको नेपालगञ्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९

इरान युद्ध : अमेरिका जापानसँग के चाहन्छ ?

वासिङ्टन– जापानकी प्रधानमन्त्री सानाए ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली– यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा

आज विश्व हिमनदी दिवस

काठमाडौं– आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत