काठमाडौंमा रविको पक्षमा भव्य प्रदर्शन | Khabarhub Khabarhub

काठमाडौंमा रविको पक्षमा भव्य प्रदर्शन


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन प्रस्तोता रवि लामिछानेको पक्षमा काठमाडौंमा वृहत प्रदर्शन भएको छ ।

चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेको रिहाइको र न्यायको लागि भन्दै उनका समर्थकले राजधानीको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । उनीहरुले लामिछानेको निशर्त रिहाइको माग गरेका छन् । यसअघि भएका भन्दा आजको प्रदर्शनमा रविका समर्थकको उल्लेख्य उपस्थिति थियो।

वानेश्वरमा रविको पक्षमा जम्मा भएकाहरुले निर्दोश व्यक्तिलाई फसाउन खोजेको आरोप लगाए ।

लामिछानेलाई प्रहरीले भोलि आइतवार अदालतमा पेश गर्दैछ । त्यसअघि चितवनसहित देशका विभिन्न स्थानमा रविको निशर्त रिहाइको माग गर्दै प्रदर्शन भएको हो ।

पूर्व सहकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रविसहितका तीन जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । तर रविका समर्थकले भने भ्रष्टाचार वेथितिबारे बोल्ने लामिछानेलाई फसाउन खोजिएको भन्दै पक्राउको विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ५ : ११ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७