काठमाडौंमा रविको पक्षमा भव्य प्रदर्शन « Khabarhub

काठमाडौंमा रविको पक्षमा भव्य प्रदर्शन


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन प्रस्तोता रवि लामिछानेको पक्षमा काठमाडौंमा वृहत प्रदर्शन भएको छ ।

चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेको रिहाइको र न्यायको लागि भन्दै उनका समर्थकले राजधानीको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । उनीहरुले लामिछानेको निशर्त रिहाइको माग गरेका छन् । यसअघि भएका भन्दा आजको प्रदर्शनमा रविका समर्थकको उल्लेख्य उपस्थिति थियो।

वानेश्वरमा रविको पक्षमा जम्मा भएकाहरुले निर्दोश व्यक्तिलाई फसाउन खोजेको आरोप लगाए ।

लामिछानेलाई प्रहरीले भोलि आइतवार अदालतमा पेश गर्दैछ । त्यसअघि चितवनसहित देशका विभिन्न स्थानमा रविको निशर्त रिहाइको माग गर्दै प्रदर्शन भएको हो ।

पूर्व सहकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रविसहितका तीन जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । तर रविका समर्थकले भने भ्रष्टाचार वेथितिबारे बोल्ने लामिछानेलाई फसाउन खोजिएको भन्दै पक्राउको विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ५ : ११ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही