जम्मू कश्मीर पुगेका राहुल गान्धी विमानस्थलबाटै फर्काइए | Khabarhub Khabarhub

जम्मू कश्मीर पुगेका राहुल गान्धी विमानस्थलबाटै फर्काइए


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– जम्मू कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खारेज गरी राज्यलाई पुनर्गठन गर्ने भारत सरकारले निर्णय गरेपछि जम्मू कश्मीरको अवस्था बुझ्न त्यसतर्फ पुगेका भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीलाई विमानस्थलबाटै फर्काइएको छ ।

जम्मू कश्मीरको राजधानी श्रीनगरको विमानस्थलमा पुगेका उनीसहित विपक्षी पार्टीका नेताहरुको टोलीलाई विमानस्थलबाटै फर्काइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई श्रीनगर विमानस्थलमा १ घण्टा रोकेर त्यहाँबाट नयाँ दिल्ली फिर्ता पठाइएको हो ।

श्रीनगर पुगेको उनीसहितको टोलीमा विपक्षी पार्टीहरु भारतीय काँग्रेस, भारतीय कम्युनिष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी– माक्र्सवादी, राष्ट्रिय जनता दल, राष्ट्रिवादी काँग्रेस पार्टी, तृणमूल काँग्रेस, डिएमके लगायतका पार्टीका नेताहरुको सहभागिता रहेको थियो ।

यसअघि राज्य प्रशासनले नेताहरुलाई राज्यमा प्रवेश नगर्न आग्रह गरेको थियो । नेताहरुको भ्रमणले सामान्यतर्फ अघि बढिरहेको राज्यको अवस्थामा नकारात्मक असर पार्ने भन्दै उनीहरुलाई राज्यमा प्रवेश नगर्न भनिएको थियो ।

सरकारले जम्मू कश्मीर राज्यको पुनर्गठन गर्ने निर्णय गरेयता राज्यमा कुनै पनि पार्टीका नेताहरुलाई प्रवेश दिइएको छैन । त्यहाँका राजनीतिक तथा धार्मिक नेताहरुलाई नजरबन्दमा राखिएको छ भने सुरक्षा सतर्कता समेत उच्च पारिएको छ ।

त्यहाँ सूचना तथा सञ्चारका माध्यममा लगाइएको प्रतिबन्ध भने केही खुकुलो पारिएको छ । त्यहाँको जनजीवन सामान्य बन्दै गएको बताइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ५ : ४८ बजे

चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनको पदबाट हटाइए

एजेन्सी – वरिष्ठ चिनियाँ व्यापार वार्ताकार तथा विश्व व्यापार संगठन

दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री कार्कीद्वारा विपिनलाई श्रद्धाञ्जली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय विपिन जोशीप्रति राष्ट्रिय झण्डा ओढाएर

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति

‘बुडापेस्ट शिखर सम्मेलनमा पुटिन र ट्रम्प सहभागी हुन सक्ने सम्भावना’

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन