सुँगुरको मुटु मान्छेमा लगाइने | Khabarhub Khabarhub

सुँगुरको मुटु मान्छेमा लगाइने


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतका वैज्ञानिकहरुले सुँगुरको मुटु मान्छेमा प्रत्यारोपण गर्न सम्भव भएको बताएका छन् । उनीहरुले आगामी तीन वर्षभित्र मान्छेको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गर्न सम्भव हुने दावी गरेका हुन् ।

वैज्ञानिकहरुका अनुसार यो परीक्षण पूर्व मिर्गौलाको प्रत्यारोपण गरिने छ । यदि यो परीक्षण सफल भएको खण्डमा मुटुको प्रत्यारोपण पनि सम्भव हुने छ ।

४० वर्षअघि पहिलोपटक मुटु प्रत्यारोपणमा सफलता हात पारेका बेलायतका डाक्टर टेरेन्स इंग्लिसले मान्छेको शरीरमा सुँगुरको मुटु राख्ने तयारी गरेका हुन् ।

डा टेरेन्सले यसै वर्षको अन्ततिर उनका सहयोगी डाक्टरहरुले सुँगुरको मिर्गौला मान्छेको शरीरमा प्रत्यारोपण गर्ने छन् । यो प्रयोग सफल भएमा मुटु प्रत्यारोपण पनि सम्भव र सफल हुने उनको भनाइ छ ।

डा. टेरेन्सकाअनुसार सुँगुरको अंग मानिसमा प्रत्यारोपण गर्नुको पछाडि मान्छेको शरीर भित्रको अंग र सुँगुरको भित्री अंगहरु उस्तै हुन्छन् । यसैले सुँगुरलाई मानिसका लागि उपयुक्त मान्न सकिन्छ ।

जनावरको अंग मान्छेमा प्रत्यारोपण गर्ने विषय विवादित बन्न सक्ने उनको भनाइ छ । पशु अधिकारकर्मीहरुले यसको विरोध गर्न सक्नेछन् । यद्यपि, यसबाट थुप्रै फाइदा मिल्नेछ । मुख्य भनेको यसबाट मान्छेलाई अकालमै मृत्यु हुनबाट बचाउन सकिनेछ ।

पछिल्लो समय विश्वभरको तथ्यांकलाई हेर्ने हो भने अंग प्रत्यारोपणको माग बढ्दै गएको देखिन्छ । बेलायतको मात्रै कुरा गर्ने हो भने २८० जना मुटु रोगीहरु प्रत्यारोपणको पर्खाइमा रहेका छन् । त्यसैले यो परीक्षण सफल भएमा मेडिकल इतिहासमा ठूलो उपलब्धि हात पर्ने निश्चित छ ।

यो विषयबाहिर आइरहँदा यसअघि पनि जनावरको अंग ल्याबमा उत्पादन गर्न प्रयोगहरु भइरहेको चर्चा चल्ने गरेको थियो ।

यसका साथै हालै जापान सरकारले पनि विवादास्पद एक कानून पारित गरेको छ । उक्त कानूनमा मान्छे र जनावरको हाइब्रिड अंगहरु ल्याबमा उत्पादन गर्ने प्रयास गरिनेछ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ७ : २२ बजे

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ

बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

ढाका – बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार

बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको

दुई सातापछि मेची राजमार्ग सञ्चालन

इलाम – गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण

धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता

म्याग्दी – म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक