ऐतिहासिक राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि « Khabarhub

ऐतिहासिक राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– ऐतिहासिक राधाकृष्ण रथयात्रा आज विशेष पूजापाठ गरेर विराटनगर–१ पानीट्याङ्कीबाट प्रारम्भ भएको छ ।

सो अवसरमा प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे, सङ्घीय सांसद शिवकुमार मण्डल, प्रदेश सदस्य केदार कार्की र बिन्दीया कार्कीले विशेष पूजाअर्चनामा सहभागी भएका थिए ।

भगवान् श्री राधाकृष्ण रथयात्राको यो ५२औँ महोत्सवमा हेलिकप्टरवाट पुष्प अर्पण तथा ड्रोन क्यामराबाट सुरक्षा अनुगमन गरिएको थियो । रथयात्रा अपराह्न ४ बजे युगल जोडी भगवान् श्री राधाकृष्ण विराजमान रथ मन्दिरबाट प्रारम्भ भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, वरगाछी हुँदै पुनःमन्दिरसम्म सात किमीको दूरी पार गर्न ४ः३० घण्टा समय लाग्ने रथयात्रा समितिका अध्यक्ष बाबुराजा ओझाले बताए ।

विसं १९८८ बाट खट (युगल मूर्तिलाई खाटमा राखेर)यात्राका रुपमा शुरु भएको यात्रा विसं २०२५ देखि रथयात्राका रुपमा परिणत भएको हो । रथ पेगोडा शैलीमा लम्बाइ २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिटको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाइका दायाँ र बायाँपट्टि फैलिएका लठ्ठा (डोरी) रहनेछ । दायाँपट्टिको लठ्ठामा पुरुष भक्तजन र बायाँपट्टिको लठ्ठामा महिला भक्तजनले लठ्ठा समाइ रथ सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । डोरीभित्र छिरेर भक्तजन, श्रद्धालुलाई पूजापाठ गर्न रोक लगाइएको छ ।

रथयात्राको अवधिभर सुरक्षाका लागि सादा पोशाकलगायत एक हजार ७०० प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

रथयात्राको अवसरमा बजारका विभिन्न स्थानमा स्वयंसेवक परिचालन र विभिन्न संघसंस्थाले निःशुल्क पानी, सर्वत र प्रसाद वितरण गरिरहेका छन् । रथयात्रामा सहभागी हुन विराटनगरमा अहिले जनसागर उर्लिएका छन् ।

रथको डोरी तान्न आएका सुनसरी दुहवीका गुलावचन्द चौधरीले विगत १० वर्षदेखि आफूले डोरी तान्दै आएको जानकारी दिँदै यो कार्य गर्दा सन्तुष्टि मिल्ने गरेको प्रतिक्रिया दिए ।

विराटनगर–११ पिछरा निवासी अम्बिका श्रेष्ठले भगवान् राधाकृष्णको विराजमान रथ तान्न पाउँदा पुण्य प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । रथयात्राको अग्रभागमा विभिन्न जातजातिका संस्कृति झल्किने झाँकी, लाखे नाच प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ९ : २० बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही