अमेरिका पुगेकी आमाबाट जन्मिएका सन्तानले पाउँछन् अमेरिकी नागरिकता « Khabarhub

अमेरिका पुगेकी आमाबाट जन्मिएका सन्तानले पाउँछन् अमेरिकी नागरिकता


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्ना सन्तानले जन्मसिद्ध अमेरिकी नागरिकता प्राप्त गर्ने अपेक्षाका साथ हरेक वर्ष धेरै नेपाली गर्भवती महिलाहरु अमेरिका जाने गरेको समाचार सार्वजनिक हुँदै आएका छन् ।

केही सेलिब्रेटीहरु पनि आफ्ना सन्तानले अमेरिकी नागरिकता प्राप्त गर्ने अपेक्षाका कारण अमेरिका गई सुत्केरी हुने गरेका छन् ।

जन्मसिद्ध अमेरिकी नागरिकता नेपालजस्ता गरिब मुलुकका नागरिकका लागि निकै आकर्षक विषय समेत रहँदै आएको छ । यसअनुसार अमेरिकी भूमिमा जन्म लिने हरेक मानिस अमेरिकाको जन्मसिद्ध नागरिक बन्न पाउने संवैधानिक व्यवस्था छ । अर्कोतर्फ यो विषय राजनीतिक रुपमा भने निकै पेचिलो छ ।

दक्षिणपन्थी नेताहरुले यस्तो व्यवस्थाको चर्को आलोचना गर्दै आएका छन् । आप्रवासनप्रति निकै अनुदार रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय यही विषयलाई उठाएका छन् ।

उनले गैरकानूनी आप्रवासीले अमेरिकी भूमिमा जन्म दिएका सन्तानलाई अमेरिकी नागरिकता नदिन मिल्ने व्यवस्थाका लागि ध्यान दिइरहेको जनाएका छन् । केही दिनअघि ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले उनीहरुका सन्तानलाई अमेरिकी नागरिकता दिइनु हास्यास्पद रहेको जनाए । उनले भने, ‘हामी यस विषयलाई निकै गम्भीरतापूर्वक लिइरहेका छौं ।’ ‘जन्मसिद्ध नागरिकता, जब सीमा पारीबाट कोही आउँछ, अमेरिकामा बच्चा जन्माउँछ र बच्चा स्वतः अमेरिकी नागरिक बन्छ ।’

उनले जन्मसिद्ध नागरिकताका विषयमा सन् २०१६ को आफ्नो राष्ट्रपतीय निर्वाचनमा समेत चर्को आलोचना गर्दै आएका थिए । त्यसबाहेक अघिल्लो वर्ष पनि उनले जन्मसिद्ध नागरिकतालाई राष्ट्रपतीय कार्यकारी आदेशबाट सम्बोधन गर्ने विषयमा विचार गरिरहेको बताएका थिए ।

यद्यपि अमेरिकी राजनीतिक वृत्तका नेताहरुले भने अमेरिकी संविधानको १४ औं संशोधनले उपलब्ध गराएको संवैधानिक प्रावधानलाई राष्ट्रपतीय कार्यकारी आदेशमार्फत् परिवर्तन गर्ने अधिकार राष्ट्रपतिलाई नरहेको तर्क गर्दै आएका छन् ।

तैपनि ट्रम्पले जन्मसिद्ध नागरिकताको विषयलाई कुनै पनि हालतबाट अन्त्य गरिछाड्ने दृढता देखाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति भएयता ट्रम्पले अमेरिकामा वैधानिक वा अवैधानिक आप्रवासनमा कडाई गर्नका लागि विभिन्न कठोर कदमहरु चाल्दै आएका छन् ।
केही समयअघि मात्र अमेरिकाको अध्यागमन एवं नागरिकता सेवाले कम आयश्रोत भएका वैध आप्रवासीलाई अमेरिका प्रवेश गर्न कडाई गर्ने प्रावधान सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ८ : ५४ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ