मुत्ररोग सम्बन्धी शल्य चिकित्सकको राष्ट्रिय सम्मेलन सम्पन्न « Khabarhub

मुत्ररोग सम्बन्धी शल्य चिकित्सकको राष्ट्रिय सम्मेलन सम्पन्न


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– फागुन ९ गतेदेखि पोखरामा शुर भएको मुत्ररोग सम्बन्धी शल्य चिकित्सकहरुको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

मुत्ररोग सम्बन्धी शल्य चिकित्सकहरुको राष्ट्रिय संगठनको आयोजनामा भएको सम्मेलनमा महिलामा हुने मुत्ररोग सम्बन्धी  समस्याहरुको विषयमा छलफल भएको मुत्ररोग विशेषज्ञ डाक्टर पवनराज चालिसेले बताए ।

सानै उमेरमा गर्भवती हुने, घरमै बच्चा जन्माउने तथा  प्रसव पीडाको समयमा उचित स्यहार नपाउँदा महिलामा पिसाब चुहिने, पाठेघर खस्ने र मुत्ररोगको संक्रमण बढ्दै जाने गरेको पाइएको हुँदा सो विषयमा छलफल गरिएको डा चालिसेले बताए ।

सम्मेलनमा सहभागी चिकित्सकहरुले महिलामा हुने मुत्ररोगको उपचारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरिने पद्धति र उपचार अनुभव आदानप्रदान गरेका थिए ।

सम्मेलनमा नेपालसहित भारत, चीन,श्रीलंका, पाकिस्तान, मलेसिया,संयुक्र राज्य अमेरिका, हंङकङ र सिंगापुरका दुईसय जना मुत्ररोग सम्बन्धी शल्य चिकित्सको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ८ : १५ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि