एनसेलले भन्यो- सम्पत्तिको सुरक्षाका लागि प्रतिवद्ध छौं | Khabarhub Khabarhub

एनसेलले भन्यो- सम्पत्तिको सुरक्षाका लागि प्रतिवद्ध छौं


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले शुक्रवार साँझ ललितपुरको नख्खु लगायत देशभरका विभिन्न स्थानमा गरिएको बिस्फोटनको भत्र्सना गरेको छ ।

आइतबार(आज) दैनिक पत्रिकामा सार्वजनिक सूचना जारी गर्दै एनसेलले गैरजिम्मेवार विस्फोटनको घटनाबाट स्तव्ध र दुःखी भइको जनाएको छ । उसले विस्फेटमा परि घाइते भएकाहरुको शीघ्र स्वास्थय लाभको कामना गर्दैै समुदाय र वरपरको वातावरणमा त्रास फैलाउँदै आतंकित पार्ने यस्तो निन्दनीय कार्यको घोर भत्र्सना गरेको जनाएको छ ।

घटना पश्चात एनसेलले सम्बन्धित सुरक्षा निकायको सहयोगमा देशैभरिका आफ्ना सम्बन्धित स्थानमा जनधनको सुरक्षाका लागि आन्तिरिक सुरक्षा बढाएको जनाएको छ ।

बागलुङ, म्याग्दी, कास्की नवलपरासी लगायतका जिल्लामा रहेका कयौं मुख्य बीटीएस साइटहरुमा आक्रमण गरी क्षति पु¥याइएको एनसेलले जनाएको छ । आक्रमणका कारण ती जिल्लाका ग्रामिण भेगमा बसोबास गर्ने नागरिकले प्रयोग गर्ने आधारभूत र अत्यावश्यक सञ्चार सेवा प्रभावित हुन पुगेको सूचनामा जनाइएको छ । क्षति पुगेको स्थानमा यथाशक्य छिटो सेवा सुचारु गर्न प्रयत्नशील रहेको एनसेलले जनाएको छ ।

एनसेलले यस घटनाका बारेमा सम्बन्धित सरकारी निकायलाई जानकारी गराइसकेको र अत्यावश्यक सेवा ऐनले समेत नागरिकको अत्यावश्यक सेवाका रुपमा परिभाषित गरेको सञ्चार सेवाको निर्वाध सञ्चालनका लागि सहयोग गर्न सबै निकायमा अनुरोध गरेको छ ।

एनसेलले कम्पनीको सम्पत्तिको सुरक्षाका लागि प्रतिवद्धता जारी गरेको छ र शंकास्पद क्रियाकलाप केही देखिएका सम्बन्धि निकायमा खबर गरिदिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : ४२ बजे

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार