टी आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्यिनसिप– मिजोरमविरुद्ध एन्फा यु—२१ को अवस्था ‘गर या मर’ « Khabarhub

टी आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्यिनसिप– मिजोरमविरुद्ध एन्फा यु—२१ को अवस्था ‘गर या मर’



भारत/ गुवाहाटी— एन्फा यु—२१ टोलीले डाक्टर टी आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्यिनसिपमा समूह चरणको चौथो खेलमा आइतबार मिजोरमसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार गुवाहाटीस्थित एलएनआईपीई रंगशालामा नेपाली समयअनुसार पौने ५ बजे हुने खेलमा एन्फा टोली लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

“आजको खेल हाम्रा लागि ‘गर या मर’ को अवस्था छ । ३ खेल सकिँदा मिजोरम ७ अंकसहित दोस्रो स्थानमा रहेकाले आजको खेलमा हामीले जसरी भएपनि जीत निकाल्नैपर्छ,” मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले भने,“मिजोरामलाई पराजित गरे सेमिफाइनलमा स्थान बनाउन केही सहज हुन्छ ।”

मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठ

पहिलो खेलमा हार बेहोरको नेपाली टोलीले लगातार दोस्रो र तेस्रो खेलमा जीत हासिल गर्दै उच्च लय प्रदर्शन गरिरहेको छ । मिजोरमविरुद्धको खेलमा पनि यसअघिकै सेटले प्राथमिकता पाउने छ भने केही खेलाडी परिवर्तन हुने सम्भावना पनि रहेको प्रशिक्षकले बताए ।

“हाम्रो खेलाडीहरुले पछिल्लो दुई खेलमा राम्रो लय देखाएका छन् । त्यसलाई लगातार मिजोरमविरुद्ध निरन्तरता दिनु पर्छ । हामीले अग्रपङ्ती र रक्षापङ्तीलाई बलियो बनाएर खेल्दा मिजोरमाथि सहज जित हासिल गर्न सक्छौं,” प्रशिक्षक श्रेष्ठले अगाडि थपे,“ योजना अनुसार मिडफिल्ड र फरवार्डको राम्रो कम्बनिेसन भएको हुनाले अग्रपङ्तीमा पाएको अवसरलाई खेलाडीहरु सदुपयोग गर्दा नतिजा आफ्नो पक्षमा पार्न सहज भएको हो ।”

त्रिपुरा विरुद्धको खेल र मनिपुरविरुद्धको खेलमा लगातर दुई पहेंलो कार्ड पाएपछि एन्फा टोलीका मिड्फिल्डर अनिल महर्जनको स्थानमा मनिस थापा मैदान प्रवेश गर्ने सम्भावना रहेको प्रशिक्षक क्षेष्ठले बताएका छन् ।

एन्फा टोलीबाट सर्वाधिक गोल गरेका अभिषेक रिजालले लगातार दुई खेलमा ह्याट्रिक प्रहार गरेका छन् । उनले त्रिपुरलाई ८—० ले पराजित गर्दा ४ गोल गरेका थिए भने मनिपुरलाई ३—१ पराजित गर्दा तीनवटै गोल उनले गरे ।

अंक तालिका

नेपाल ३ खेलमा ६ अंक
मनिपुर ४ खेलमा ६
मेघालय ४ खेलमा १०
मिजोराम ३ खेलमा सात ७
नागाल्यान्ड ३ खेलमा ३ अंक
त्रिपुराको ३ खेल शुन्य

मिजोरमविरुद्ध सम्भावित नेपाली टोली

गोलकिपर : विष्णु कुमार केसी
डिफेण्डर : राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, छिरिङ गुरुङ (कप्तान)
मिडफिल्डर : मनिस थापा, एरिक विष्ट, नितिन थापा, अभिषेक रिजाल,
फरवार्ड : रेजिन सुब्बा, प्रेजन तामाङ

अन्य खेलाडी

सुजित गुरुङ, सूर्य अधिकारी, राजिव लोप्चन, धिरज श्रेष्ठ, अरुज सिंह, शिशिर लेखी, गौतम श्रेष्ठ, रणदिप पौडेल, अनिल महर्जन

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ११ : ०३ बजे

रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै मन्त्रालय

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १०० दिनको अवधिमा

ओखलढुङ्गामा विद्यालय भवनको शिलान्यास, भारतको ४ करोड आर्थिक सहयोग

काठमाडौं– ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि नयाँ

कस्मेटिका २०२५ : नेपालमा पहिलो ठूलो सौन्दर्य, वेलनेस र कस्मेटिक्स एक्स्पो

काठमाडौं– नेपालमा पहिलो पटक आयोजित कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी

युक्रेनमा विद्युत् संरचना क्षतिग्रस्त, आणविक केन्द्रहरू प्रभावित

एजेन्सी– सैन्य गतिविधिका कारण विद्युत् प्रसारण संरचनामा क्षति पुगेपछि युक्रेनका

कांग्रेस कार्यसम्पादन समिति बैठक, महाधिवेशन सर्न सक्ने (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा बसिरहेको छ। बैठक