स्वास्थ्य मन्त्रालय र सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा २९५ बिरामीको शल्यक्रिया « Khabarhub

स्वास्थ्य मन्त्रालय र सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा २९५ बिरामीको शल्यक्रिया


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सप्तरीको सदरमकाम राजविराजमा सञ्चालित ११ दिने वृहत स्वास्थ्य शिविरमा २९५ जनाको शल्यक्रिया गरिएको छ । नेपाली सेनाको सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविरमा शल्यक्रिया गर्नेमध्ये सबैभन्दा बढी हर्नियाका ८५ जना, पित्तथैलीका ५४ जना र हाइड्रोसिलका १० जना रहेको नेपाली सेनाले जनाएको छ ।

उक्त शिविरमा ६ हजार ३६८ पुरुष र आठ हजार ७६६ महिला गरी १५ हजार १३४ जनाले ३१ हजार ३७४ प्रकारका स्वास्थ्य सेवा लिएको नेपाली सेना भीमदल राजविराजका सेनानी अमरबहादर थापाले बताए । शिविरमा अपेक्षाभन्दा बढी स्वास्थ्य सेवा प्रदान गरिएको, स्वास्थ्य जाँच गर्ने आउने  बिरामीको लागि निःशल्क औषधि समेत दिइएको सेनानी थापाले जानकारी दिए ।

शिविरमा पित्त तथा मिर्गौलाको पत्थरी, पुरुष ग्रन्थीको उपचार, पायल्स तथा हर्निया, पाठेघरको शल्यक्रिया, नाक–कान–घाँटीको उपचार, मानसिक रोगको उपचार, इको (मुटुको भिडियो एक्सरे) तथा क्यान्सरको स्क्रिनिङलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको नेपाल आर्मी मेडिकल कलेजका सहायक रथी डा सुशीलबहादुर रावतले जानकारी दिए ।

‘११ दिनमा विहान ७ देखि साँझ ५ बजेसम्म बिरामी हेर्ने अपेक्षा गरेका थियौं’ तर, बिरामीको चापले स्वास्थ्यकर्मीको टोलीले राति ८/९ बजेसम्म बसेर बिरामीको सेवा दियाैं,’ रावतले भने ।

शिविरमा नेपाली सेनासहित, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका १ सय २६ जना विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १२ : २६ बजे

बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग

हेटौँडा– मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम