स्वास्थ्य मन्त्रालय र सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा २९५ बिरामीको शल्यक्रिया « Khabarhub

स्वास्थ्य मन्त्रालय र सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा २९५ बिरामीको शल्यक्रिया


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सप्तरीको सदरमकाम राजविराजमा सञ्चालित ११ दिने वृहत स्वास्थ्य शिविरमा २९५ जनाको शल्यक्रिया गरिएको छ । नेपाली सेनाको सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविरमा शल्यक्रिया गर्नेमध्ये सबैभन्दा बढी हर्नियाका ८५ जना, पित्तथैलीका ५४ जना र हाइड्रोसिलका १० जना रहेको नेपाली सेनाले जनाएको छ ।

उक्त शिविरमा ६ हजार ३६८ पुरुष र आठ हजार ७६६ महिला गरी १५ हजार १३४ जनाले ३१ हजार ३७४ प्रकारका स्वास्थ्य सेवा लिएको नेपाली सेना भीमदल राजविराजका सेनानी अमरबहादर थापाले बताए । शिविरमा अपेक्षाभन्दा बढी स्वास्थ्य सेवा प्रदान गरिएको, स्वास्थ्य जाँच गर्ने आउने  बिरामीको लागि निःशल्क औषधि समेत दिइएको सेनानी थापाले जानकारी दिए ।

शिविरमा पित्त तथा मिर्गौलाको पत्थरी, पुरुष ग्रन्थीको उपचार, पायल्स तथा हर्निया, पाठेघरको शल्यक्रिया, नाक–कान–घाँटीको उपचार, मानसिक रोगको उपचार, इको (मुटुको भिडियो एक्सरे) तथा क्यान्सरको स्क्रिनिङलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको नेपाल आर्मी मेडिकल कलेजका सहायक रथी डा सुशीलबहादुर रावतले जानकारी दिए ।

‘११ दिनमा विहान ७ देखि साँझ ५ बजेसम्म बिरामी हेर्ने अपेक्षा गरेका थियौं’ तर, बिरामीको चापले स्वास्थ्यकर्मीको टोलीले राति ८/९ बजेसम्म बसेर बिरामीको सेवा दियाैं,’ रावतले भने ।

शिविरमा नेपाली सेनासहित, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका १ सय २६ जना विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १२ : २६ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार