विप्लव नेतृत्वको नेकपाले लियो नख्खु बम विस्फोटको जिम्मा « Khabarhub

विप्लव नेतृत्वको नेकपाले लियो नख्खु बम विस्फोटको जिम्मा


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १ जनाको ज्यान जानेगरी ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटको जिम्मा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले लिएको छ ।

खबरहबसँगको कुराकानीका क्रममा विप्लव नेतृत्वको नेकपाका एक नेताले आफूहरुले नै नख्खुस्थित एनसेलको कार्यालयमा बम विस्फोट गराएको बताए ।

शुक्रबार साँझ नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटमा ३ जना घाइते भएका थिए । घाइतेमध्ये एकजना सिंहप्रसाद गुरुङको उपरचारका क्रममा मृत्यु भएको थियो ।

अन्य घाइते २ जनाको अहिले उपचार भइरहेको छ ।

नख्खुस्थित एनसेल कार्यालयसँगै देशका विभिन्न ठाउँमा पनि एनसेलका टावरमा आगजनी भएको छ । विप्लव नेतृत्वको नेकपाका नेताले एनसेलका टावरमा भएको आगजनी र कार्यालयमा भएको बम विस्फोट आफूहरुकै योजनाअनुसार भएको बताए ।

खबरहबसँगको कुराकानीका क्रममा विप्लव नेतृत्वको नेकपाका नेताले आफूहरुको मानवीय क्षति गर्ने उद्देश्य नरहेको बताए । ‘७५ अर्ब रुपैयाँ कर छलेको र नेपालबाट गरेको आम्दानी विदेशमा लगानी गरेको कम्पनीविरुद्ध हामीहरुले देशव्यापी रुपमा नै विभिन्न कदम चाल्ने योजना बनाएका थियौं,’ नाम उल्लेख नगर्ने शर्तमा नेकपा नेताले खबरहबसँग भने, ‘तर, ललितपुरस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटमा परी मानवीय क्षति हुन पुग्यो । यो दुःखद घटना भएको पार्टीले स्वीकार गरेको छ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १२ : ५६ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा