पशुपति मन्दिरको हङ्स मण्डपमा रहेको ३.५ फिट अग्लो मूर्ति चोरी « Khabarhub

पशुपति मन्दिरको हङ्स मण्डपमा रहेको ३.५ फिट अग्लो मूर्ति चोरी


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर हङ्स मण्डपस्थित खुल्ला चौरबाट गएराति ढलौटमा पित्तलको जलप लगाएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ ।

करीब ३.५ फिट अग्लो ३५ किलो तौल भएको उक्त मूर्ति चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ओम सेना नेपालको कार्यालय सोह्रखुट्टेमा रहेको उक्त मूर्ति सोही संस्थाबाट शिवरात्रि मेलाका लागि पशुपति मन्दिर हङ्स मण्डपमा लगिएको थियो ।

शिवरात्रि मेलामा आउने बाबाहरुले मूर्ति लगेर राखेकामा राति उक्त स्थानबाट मूर्ति चोरी भएको र चोरीमा संलग्नहरुको खोजीका साथै घटनाबारे अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  २ : ४७ बजे

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर