मन्त्रालयको कामप्रति प्रधानमन्त्रीकै असन्तुष्टि « Khabarhub

मन्त्रालयको कामप्रति प्रधानमन्त्रीकै असन्तुष्टि


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको कामप्रति असन्तुष्टि जनाउँदै मुलुकको आवश्य‍कता अनुसार कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा तीव्रता दिन निर्देशन दिएका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको ‘वर्तमान अवस्था र भावी सोच’बारे भएको छलफलमा उनले कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा आवश्यकता अनुसार प्रगति नभएको भन्दै चिन्ता पनि व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कृषि उत्पादन वृद्धिका लागि कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिनुपर्ने बताए । उनले आधुनिक प्रविधि भित्र्याएर कृषि उत्पादन वृद्धि गर्न सहकारीसँग सहकार्य गरेर अघि बढन पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई सचेत गराएका थिए ।

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले आ–आफ्ना मन्त्रालयको वर्तमान अवस्था र भावी योजनाबारे प्रधानमन्त्री ओलीसमक्ष बिफ्रिङ गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ४ : ५५ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।