काठमाडौंमा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै « Khabarhub

काठमाडौंमा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी चैत दोश्रो साताबाट काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिएको हो । चैत १४ देखि १८ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने मेलामा भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड, म्यानमार लगायत मुलुकको सहभागिता रहनेछ ।

मेलामा ३ सय बढी स्टल मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बंगलादेशबाट ४० वटा स्टलहरु बुकिङ भइसकेको तथा नेपाली हस्तकला र एनटी आईएस बस्तुहरुको समेत गरी ५०स्टल बुकिङ भइसकेको महासंघले जनाएको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले मेलाले नेपाली उत्पादन र वस्तु विश्वसामु चिनाउनुको साथै विश्व बजारीकरणको लागि ठुलो सहयोग मिल्ने अपेक्षा लिएको बताएकी छिन् । मेलाको स्वदेशी र विदेशी गरी १ लाख बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : २४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल