अख्तियारको अनुसन्धान दायरामा राजनारायण पाठक « Khabarhub

अख्तियारको अनुसन्धान दायरामा राजनारायण पाठक


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घुस विवादमा परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकमाथि छानबिन शुरु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै पाठकमाथि अनुसन्धान थालेको हो । पाठकमाथि अनुसन्धानका लागि ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले पाठकमाथि अनुसन्धान गर्न ३ सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन् । आइबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको वैठकमा उपस्थित भएका घिमिरेले आयोगका वरिष्ठ सहसचिवको संयोजकत्वमा ३ जना सम्मेलित समिति गठन गरेर पाठकमाथि अनुसन्धान थालिएको बताए ।

‘पछिल्लो घटनाका सम्बन्धमा आयोगले वरिष्ठ सहसचिवको संयोजक्तवमा ३ जनाको अनुसन्धान समिति बनाएको छ,’ प्रमुख आयुक्त घिमिरेले भने, ‘समितिले अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ । केही दिन अगाडि मात्रै त्यसका केही प्रमाणहरु फेला परेका थिए । उक्त प्रमाणलाई स्क्रिप्टमा रुपान्तरण गर्ने काम भइरहेको छ ।’

प्रमुख आयुक्त घिमिरेले केही दिनमा नै पाठक प्रकरणबारे सार्थक परिणाम निस्किने घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ५ : २६ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय