प्रधानमन्त्री ओली र अमेरिकी रक्षा उपमन्त्री डा. जो फेल्टरबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र अमेरिकी रक्षा उपमन्त्री डा. जो फेल्टरबीच भेटवार्ता


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र दक्षिण तथा दक्षिण पूर्वी एसियाका लागि अमेरिकी रक्षा उपमन्त्री डा. जो फेल्टरबीच आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

आइतबार नै नेपाल आएका रक्षा उपमन्त्री फेल्टरसहितको अमेरिकी टोलीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो ।

भेटवार्तामा रक्षा उपमन्त्रीसहित नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीलगायतको पाँच सदस्यीय अमेरिकी टोलीको सहभागिता रहेको थियो भने नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका एक जना प्रतिनिधि पनि सहभागी थिए ।

भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । रक्षा उपमन्त्री फेल्टर ८ वर्षपछि अमेरिकाबाट नेपाल भ्रमण गर्ने उच्च अधिकारी हुन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ९ : ०२ बजे

निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष

सरकार र बञ्चरेडाँडाबासीबीच अर्को ११ बुँद सहमति, काठमाडौंको फोहोर उठ्ने

काठमाडौं- सरकार र बञ्चरे डाँडाका स्थानीयबासीबीच ११ बुँदे सहमति भएको

एपस्टिन फाइल सार्वजनिक गर्न ट्रम्पद्वारा विधेयकमा हस्ताक्षर

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विवादास्पद तर बहुप्रतिक्षित ‘एपस्टिन

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं– नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन