दशैंको बजार– काठमाडौंबासीले चाहेजति मासु खान नपाउने ! « Khabarhub

दशैंको बजार– काठमाडौंबासीले चाहेजति मासु खान नपाउने !



काठमाडौं– सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि भारतबाट खसीबोका आयत गर्न कडाइ गरे पछि त्यसको असर दशैंमा पर्ने देखिएको छ ।

नियमितभन्दा धेरै मासुको खपत हुने दशैंको समयमा स्वदेशी उत्पादनले मात्रै माग धान्न नसकिने व्यवसायीहरुको भनाइ छ ।

हाल काठमाडौं उपत्यकामा मात्रै दैनिक १५ सय सम्म खसीबोकाको माग छ । अहिलेको बजार माग धान्न पनि भारतबाट चोरी–पैठारी गरेर खसीबोकाको आपूर्ति भइरहेको व्यवसायीहरु बताउँछन् ।

सरकाले ७ महिना अगाडिदेखि खसीबोका आयतमा कडाइ गरिरहेको छ । तर, व्यापारीहरुले भने दैनिक ८ सयदेखि १ हजारसम्म भारतीय खसीबोकाहरु चोरी–पैठारी गरी काठमाडौं पुर्‍याइरहेका चौपाय खरिद बिक्री संघले जनाएको छ ।

संघका अनुसार यसअघि हरेक वर्ष दशैंको बेला काठमाडौंका लागि मात्रै ४७ हजार खसीबोका र ८ हजार भेडाच्याङ्ग्रा गरी ५५ हजार चौपाया भारत तथा चीनबाट आयत हुने गरेको थियो ।

तर, यो वर्ष हालसम्म कहाँबाट कति चौपाया आयत गर्ने भन्ने अन्यौल रहेको चौपाया खरिद विक्री संघका अध्यक्ष सन्तोष खत्रीले खबरहबलाई जानकारी दिए ।

‘अहिलेसम्म कहाँबाट आयत गर्ने भन्ने निश्चित छैन’ उनले भने ‘चाडपर्वमा स्वदेशी चौपयाले धान्न सक्ने अवस्था छैन सरकारले कि त पुरै आयत रोक्नुपयो, कि त खुल्ला गरेर खसीबोकाको आपूर्ति सहज बनाउने व्यवस्था गर्नुपर्‍यो ।’

अघिल्ला वर्षहरुमा असोजको सुरुवातसँगै दशैंका लागि खसीबोका तथा भेडाच्याङ्ग्राको आयत शुरु हुने गरेको खत्री बताउँछन् ।

‘दशैंका लागि २० देखि २२ हजार खसीबोका स्वदेशका विभिन्न स्थानबाट ल्याउने तयारी भएको खत्रीले बताए । उनका अनुसार २२ हजार खसीबोका स्वदेशबाटै ल्याइने भएपनि ३३ हजार खसी बोकाको अभाव हुने भएको छ ।

‘यस वर्षको दशैंमा काठमाडौंबासीले चाहेजति मासु खान नपाउने हुन् कि भन्ने चिन्ता छ,’ खत्री भन्छन्, ‘दशैंमा हरेक वर्षमा मासुको माग बढिरहेको हुन्छ । तर, यो वर्ष त अघिल्लो वर्षको जति पनि आपूर्ति गर्न सकिने अवस्था छैन ।’

यसअघिका वर्षमा काठमाडौंमा आपूर्ति हुने खसीबोका तथा भेडाच्याङ्ग्रामध्ये ८० प्रतिशत भारत तथा चीनबाट आयात गरिन्थे । काठमाडौंमा आवश्यक पर्नेमध्ये २० प्रतिशत मात्रै स्वदेशी उत्पादनले धान्ने गरेको थियो ।

तर, यस वर्ष भने नियमित बजारको माग धान्न पनि गाह्रो रहेको खत्री बताउँछन् । ‘नेपालका खसीबोकाले नियमित बजारको माग पनि धान्न सकिरहेको छैन,’ खत्री भन्छन्, ‘दशैंको बेला नियमितभन्दा धेरै मासु खपत हुन्छ ।’

अलमलमा व्यापारी

सरकारले विदेशबाट खसीबोका आयातमा कडाइ गरेपछि दशैंमा मासुको मूल्य बढ्ने व्यवसायीहरुको भनाइ छ । त्यसमा पनि भारतबाट चोरी–पैठारी गरी ल्याइने खसीबोकाले कालोबजारी पनि मौलाउने व्यापारीहरु चिन्ता व्यक्त गर्छन् ।

गत वर्ष मासुको मूल्य औषतमा प्रतिकेजी ५ सय ४० रुपैयाँ थियो । हाल नियमित बजारमा औषत ६ सय २५ रुपैयाँ प्रतिकिलो छ । तर, दशैं नजिकिएसँगै व्यापारीहरुले प्रतिकिलो ८ सय ५० देखि १ हजार ५० रुपैयाँसम्म प्रतिकिलोमा मासु बेच्न थालेका छन् ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने दशैंका लागि भनेर २ हजार खसीबोका र १ हजार भेडाच्याङ्ग्रा गरी ३ हजार चौपाया ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ९ : २८ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,