सीपीएल क्रिकेटः जमैकाविरुद्ध १७ रन खर्चेर सन्दीपले लिए २ विकेट « Khabarhub

सीपीएल क्रिकेटः जमैकाविरुद्ध १७ रन खर्चेर सन्दीपले लिए २ विकेट


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले सीपीएलमा शानदार प्रदर्शन गरेका छन् ।

सन्दीप सामेल टिम बार्बाडोस ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा अहिले जमैका तालेवाजविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

जारी खेलमा सन्दीपले जमैकाविरुद्ध किफायती बलिङ गरे । ४ ओभर बलिङ गरेका सन्दीपले १७ रन खर्चेर २ विकेट लिन सफल भए । योसँगै सन्दीपले यस सिजन ६ खेलमा ८ विकेट हात पार्न सफल भएका छन् ।

ब्रिजटाउनमा जमैकाले बार्बाडोसलाई जित लागि १२८ रनको लक्ष्य दिएको छ । जमैकाका लागि ग्लेन फिलिप्सले ४१ रन बनाए । यस्तै रामेल लेविसले २७ रन जोडे ।

सीपीएलमा सन्दीपको यो खेल अन्तिम खेल हुनेछ । यस खेलपछि सन्दीप राष्ट्रिय टिममा सामेल हुन सिंगापुर आउने छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : ४६ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको