पाहुना बोलाउन जाँदै गण्डकी सरकार | Khabarhub Khabarhub

पाहुना बोलाउन जाँदै गण्डकी सरकार


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- यतिबेला प्रदेश सरकारदेखि सङ्घीय सरकार पर्यटन प्रवर्द्धनको गतिविधिलाई बढी जोड दिइरहेका छन् ।

गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष मनाइरहेको छ भने सङ्घीय सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर विभिन्न कार्यक्रम अघि सारेको छ ।

प्रदेशमा १५ लाख आन्तरिक पर्यटक भित्र्याउने उद्देश्य राखेको गण्डकी प्रदेश सरकारले भ्रमण वर्ष सकिन अब झण्डै तीन महिना बाँकी रहँदा ‘पर्यटन र रोजगारी : भविष्यमा सबैलाई लाभकारी’को नारासहित पर्यटन प्रवर्द्धन अभियान २०१९ लिएर चार प्रदेशमा जाँदैछ ।

प्रदेश सरकार आन्तरिक पर्यटन वर्ष सफल बनाउन यही असोज ९ देखि १६ गतेसम्म देशका विभिन्न भागमा प्रवर्द्धनात्मक अभियानमा जान लागेको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालय महाशाखा प्रमुख किर्तनराज पौडेलले जानकारी दिए ।

भ्रमण वर्षको अन्त्यतिरको प्रवर्द्धनात्मक अभियानले २०२२ सम्मको लक्ष्यसँग जोडेर हेर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘हामीले यो समयमा पनि धेरै काम गरेका छौँ । निरन्तर पर्यटन प्रवर्द्धनका लागि आन्तरिकदेखि बाह्य गतिविधिमा जोड दिँदै अहिले प्रवर्द्धनात्मक भ्रमणमा जान लागेका हौँ । यसले पर्यटन प्रवर्द्धनमा पक्कै पनि सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ ।’

यस अभियानले संयुक्त राष्ट्र सङ्घको सन् २०१५ मा सम्पन्न राष्ट्रसङ्घीय सभाले पारित गरेको दिगो विकास लक्ष्यको लक्ष्य नं ८ बाट निर्देशित आर्थिक विकास र रोजगारसित सम्बन्धित लक्ष्यलाई पछ्याएको पौडेलले बताए ।

प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले प्रवर्द्धनात्मक कार्यक्रम केही ढिला भए पनि यसको उद्देश्य २०२२ सम्मको रहेको जानकारी दिए ।

प्रदेश सरकारको कार्यक्रमलाई प्रभावकारी बनाउन पर्यटन सम्बद्ध सङ्घसंस्थाले पनि साथ दिएका छन् । आन्तरिक पर्यटन वर्ष मनाइरहँदा बढीभन्दा बढी पर्यटक भित्र्याउन प्रदेश सरकारले प्रिभिलेज कार्ड उपलब्ध गराउने मन्त्री लम्सालले जानकारी दिए ।

उनका अनुसार प्रिभिलेज कार्डमार्फत पोखरा आउने पर्यटकले विभिन्न छुट पाउने छन् । होटलमा १५, रेष्टुरेण्टमा १०, साहसिक गतिविधिमा १०, यातायातमा १५, पदयात्रामा १० प्रतिशत छुट दिइनेछ ।

पर्यटन विकासमा देखिएका कमजोरीलाई विस्तारै सुधार गर्दै पर्यटनबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने योजना रहेको उनले बताए । भ्रमण वर्षको अर्थ र महत्वलाई उजागार गर्ने प्रिभिलेज कार्डले विशेष अर्थ राख्ने भन्दै पछिल्लो समय १० प्रतिशत पर्यटकको सङ्ख्या वृद्धि भएको उनको जिकिर छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ९ : २५ बजे

सिंगो बस्तीको एउटा मात्रै शौचालय

गोरखा – दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको

‘मिथ्या सूचनाको बाढी’ ल्याएका भारतीय मिडियाले ‘युद्धको उत्सव मनाएर तमासा देखाए’

काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको