मनाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

मनाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- मनाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मनाङको ङिस्याङ गाउँपालिका-२, घ्यारुबाट सदरमुकाम चामे आउँदै गरेको ग १ ज ७२७८ नम्बरको जीप घ्यारुमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक मकवानपुरका बर्ष २२ का बिशाल तामाङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेकटर श्रवणकुमार बिकले बताए ।

बिहान साढे ९ बजेको समयमा जीप दुर्घटना भएको हो । जीपमा ५ जना यात्रु रहेको र उनीहरु गाडीबाट झरेपछि चालकले गाडी फर्काउदा दुर्घटना भएको बुझिएको छ ।

दुर्घट्नास्थल हुम्दे प्रहरी चौकीबाट १० किलोमिटर पर रहेकाले सो स्थानमा प्रहरी खटाईएको मनाङका प्रमुख जिल्ला अधिकरी पुष्पराज पौडेलले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ११ : ५९ बजे

जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गैर दलीय भएकाले

स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी

चितवन – गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडाैं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं