‘तान्द्रो’ निर्देशकको फिल्म ‘धुपौरे’ मा अनमोल फाइनल « Khabarhub

‘तान्द्रो’ निर्देशकको फिल्म ‘धुपौरे’ मा अनमोल फाइनल


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक साम्तेन भुटियाको नयाँ फिल्म ‘धुपौरे’ मा अनमोल केसीले अभिनय गर्ने भएका छन् । डार्क एक्सन–लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा अनमोलको लिड रोल हुनेछ ।

निर्माण टिमका अनुसार फिल्मको छायांकन तिहारपछि थालिनेछ । निर्माण टिमले अनमोल केसी बाहेक अन्य कलाकारको छनोट प्रक्रिया बाँकी रहेको जनाएको छ । फिल्मलाई जयन श्रेष्ठले निर्माण गर्नेछन् ।

फरक धारका फिल्म बनाउन रुचाउने साम्तेनले निर्देशन गरेको फिल्म ‘तान्द्रो’ ले समीक्षात्मक रुपमा राम्रो प्रतिक्रिया पाएको थियो । साम्तेनले निर्देशन गरेको चलचित्र ‘च च हुई’ रिलिजका क्रममा छ ।

यता अनमोल केसीले पनि होम प्रोडक्सनको चलचित्र एन्टी हिरोमा पनि देखिनेछन् । अनमोलसँगै भुवन केसीको समेत अभिनय रहने ‘एन्टी हिरो’ सम्भवतः यसै वर्षको चैत २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १ : २५ बजे

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन