दशैंको मुखमा फरक चर्चा– सरकारले नै गाईको मासु खान भनिरहेको छ ? « Khabarhub

दशैंको मुखमा फरक चर्चा– सरकारले नै गाईको मासु खान भनिरहेको छ ?


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैं नजिकिएसँगै सधैंको वर्षझैं यस वर्षपनि मासुको चर्चा शुरु भएको छ । मान्यजनबाट टीकासँगै आशिर्वाद ग्रहण गरेर मनाइने चाड दशैंमा मासु मुख्य परिकारका रुपमा प्रयोग हुन्छ ।

जसका कारण पनि दशैंका बेला मासुको चर्चा हुन्छ । मासु कति खाने ? केको मासु खाने ? खसी नै काट्यो भने आफैं काट्ने कि अरुकोबाट किन्ने ? यस्तै यस्तै चर्चा हुने गर्छन् दशैं नजिकिएसँगै ।

यस वर्ष सरकारले भारतलगायत तेस्रो मुलुकबाट खसीबोका तथा भेडा–च्याङ्ग्रा आयातमा कडाइ गरेसँगै दशैंको समयमा काठमाडौंमा मासुको अभाव हुने समाचार पनि आइरहेका छन् ।

यद्यपि, सरकारले भने मासुको कुनै कमी हुन नदिइने पनि दाबी गर्दै आएको छ । तर, यही बीचमा सामाजिक सञ्जालमा भने मासुकै विषयमा फरक तरिकाबाट अर्को चर्चा र आलोचना शुरु भएको छ ।

त्यो पनि सरकारकै एउटा नियकाले जारी गरेको जनचेतनामूलक सूचनाका कारण । अहिले समाजिक सञ्जालमा पशु सेवा विभागअन्तर्गतको राष्ट्रिय पशु आहारा तथा लाईभष्टक गुण व्यवस्थापन प्रयोगशाला, हरिहरभवन ललितपुरले जारी गरेको सूचनाको चर्को आलोचना भइरहेको छ ।

नेपाल सरकारको लोगो तथा ‘नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग राष्ट्रिय पशु आहारा तथा लाईभष्टक गुण व्यवस्थापन प्रयोगशाला, हरिहरभवन ललितपुर’ लेखिएको उक्त सचेतनामूलक विज्ञापन पोस्टरको माथिल्लो भागमा ठूलो अक्षरले ‘बधशालादेखि भान्सासम्म, स्वच्छ र स्वस्थ मासु’ लेखिएको छ । उक्त विज्ञापनमार्फत उपभोक्ताहरुलाई स्वाच्छ मासु मात्रै प्रयोग गर्न भनेर सम्झाउन खोजिएको छ । तर, सामाजिक सञ्जालमा भइरहेको चर्चा र आलोचनाको विषय भने विज्ञापन पोस्टरमा समावेश भएको चित्रको हो ।

पोस्टरमा मासुका लागि प्रयोग हुने जनावरसँगै गाईको पनि तस्वीर राखिएको छ । तस्वीरमा मासु, माछा, जीवित भेडा, बंगुर, राँगा (भैसी), हाँस, पाठीलाई दूध चुसाउँदै गरेको बाख्रा र गाईको तस्वीर राखिएको छ । सामाजिक सञ्जालमा यी अन्य तस्वीरभन्दा पोस्टरमा गाईको तस्वीर राखिएकोप्रति चर्को आलोचना भइरहेको छ ।

गाई नेपालको राष्ट्रिय जनावर हो । त्यसमाथि हिन्दू धर्मावलम्कीका लागि गाई एक पूज्य जनावर हो । हिन्दूहरुले ‘लक्ष्मी माता’का रुपमा गाईको पूजा गर्ने गर्छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त पोस्टरमा गाईको तस्वीर राख्ने र पोस्टर स्वीकृत गर्ने सबैलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोकर्ताहरुको भनाइ छ, ‘यस्तो पोस्टरमा गाईको तस्वीर राख्दा सरकारले नै गाई काटेर मासु खानुहोस् भनेर प्रचार गरिरहेको जस्तो सन्देश गइरहेको छ ।’

यद्यपि, केहीले भने मासुको प्रचार गर्ने कुनै पनि सचेतनामूलक विज्ञापनमा जीवित पशुको तस्वीर राख्नु नै उपयुक्त नभएको पनि बताएका छन् ।

विज्ञापनबारे सामाजिक सञ्जालमा भइरहेको चर्चा र विज्ञापनको वास्तविकताबारे जानकारी लिन खबरहबले राष्ट्रिय पशु आहारा तथा लाईभष्टक गुण व्यवस्थापन प्रयोगशाला, हरिहरभवन ललितपुरमा सम्पर्क गर्न खोजेको थियो । तर, प्रयोशालाका सूचना अधिकारी जीवलाल लम्सालले फोन उठाएनन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  २ : ०७ बजे

भ्रामक सूचनाको पछि नलागी एचपीभी खोप लगाउन आग्रह

काठमाडौं– सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

चुनावी मैदानमा देउवाको खोजी- अपदस्थ सभापतिले कांग्रेसलाई कसरी मत माग्ने ?

काठमाडौं- कांग्रेसको दोश्रो विशेष महाधिवेशनपछि सभापति बनेका गगनकुमार थापा यतिबेला

राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज काठमाडौँको सिफलस्थित भण्डारेश्वर

पहिलो ओभरमै विकेट गुमाएपछि सम्हालिने प्रयासमा भारत

आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी

टी–२० विश्वकपमा अमेरिकाको लगातार दोस्रो जित, नामिबियाको तेस्रो हार

काठमाडौं- भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा अमेरिकाले लगातार