गाँजा बोकेको ट्रक नियन्त्रणमा लिन प्रहरीले चलायो गोली « Khabarhub

गाँजा बोकेको ट्रक नियन्त्रणमा लिन प्रहरीले चलायो गोली


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर प्रहरीले गाँजा तस्करीमा प्रयोग भएको ट्रकका चालकलाई पक्राउ गर्न गोली चलाउन परेको छ ।

प्रहरीले दुई राउण्ड गोली हानेर मंगलबार विहान ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान १ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टको प्रहरीले चेकजाँचका लागि ना ६ ख १३१ नम्बरको ट्रकलाई रोकेको थियो ।

ट्रकमा गाँजा तस्करी हुने गरेपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको थियो । काठमाडौंमा सामान पु¥याएर फर्किएका ट्रकलाई कडाइका साथ चेकजाँच गर्ने ‘माथिको निर्देशनानुसार’ रातोमाटे चेकपोस्टका प्रहरी जवान सञ्जीवकुमार दास चेकजाँचका लागि ट्रकमा चढेका थिए ।

तर, ट्रक चालक अफ्रिक चौधरीले प्रहरी जवान दास चढ्नेवित्तिकै ट्रक अगाडि बढाए । प्रहरीले ‘रोक, रोक’ भन्दा भन्दै उनले ट्रकको स्पीड बढाए ।

चेकपोस्टबाट भागेको ट्रकलाई नियन्त्रणमा लिनका लागि प्रहरीले घेरा हालेर गोली चलाइ नियन्त्रणमा लियो । प्रहरीका अनुसार पर्साको वीरगन्ज महानगरपालिका–२९ घर भएका चौधरीको देब्रे खुट्टामा २ वटा गोली लागेको छ ।

अहिले उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रहरीले ट्रकबाट ७९ किलो ८ सय ग्राम बराबरको १४ पोका गाँजा बरामद गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ४ : ५७ बजे

जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गैर दलीय भएकाले

स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी

चितवन – गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडाैं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं