मञ्चबाट भाषण गर्दैमा आन्तरिक गुटबन्दी अन्त्य हुँदैनः नेता कोइराला « Khabarhub

मञ्चबाट भाषण गर्दैमा आन्तरिक गुटबन्दी अन्त्य हुँदैनः नेता कोइराला


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुले मन्चबाट हात हल्लाएर भाषण गर्दैमा पार्टी भित्रको गुटबन्दी अन्त्य नहुने बताएका छन् ।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानको समापन कार्यक्रमलाई नुवाकोटको बिदुरमा सम्बोधन गर्दै डा कोइरालाले नेताहरुको कार्यशैलीमा परिवर्तन नआएसम्म पार्टी भित्रको तिक्तता नमेटिने बताएका हुन् ।

निर्वाचनको टिकट वितरणमा पार्टीबाट गल्ती र कमि–कमजोरी भएको स्वीकार गर्दै डा कोइरालाले अबका दिनमा कार्यकर्तामाथित त्यसखालका अन्याय हुन नदिने बताए ।

कोइरालाले १४औं महाधिवेशन पछि पार्टी भित्रको गुटबन्दी र भागबण्डाको राजनीति अन्त्य हुने पनि बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह तामाङ्, नुवाकोट कांग्रेसका सभापति जगदिश्वर नरसिंह केसी, पूर्व सांसद डा शोभाकर पराजुली, जागरण अभियानका लागी नुवाकोटका लागी खटिइएका प्रतिनीधीहरु लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ५ : २७ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक