मञ्चबाट भाषण गर्दैमा आन्तरिक गुटबन्दी अन्त्य हुँदैनः नेता कोइराला « Khabarhub

मञ्चबाट भाषण गर्दैमा आन्तरिक गुटबन्दी अन्त्य हुँदैनः नेता कोइराला


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुले मन्चबाट हात हल्लाएर भाषण गर्दैमा पार्टी भित्रको गुटबन्दी अन्त्य नहुने बताएका छन् ।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानको समापन कार्यक्रमलाई नुवाकोटको बिदुरमा सम्बोधन गर्दै डा कोइरालाले नेताहरुको कार्यशैलीमा परिवर्तन नआएसम्म पार्टी भित्रको तिक्तता नमेटिने बताएका हुन् ।

निर्वाचनको टिकट वितरणमा पार्टीबाट गल्ती र कमि–कमजोरी भएको स्वीकार गर्दै डा कोइरालाले अबका दिनमा कार्यकर्तामाथित त्यसखालका अन्याय हुन नदिने बताए ।

कोइरालाले १४औं महाधिवेशन पछि पार्टी भित्रको गुटबन्दी र भागबण्डाको राजनीति अन्त्य हुने पनि बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह तामाङ्, नुवाकोट कांग्रेसका सभापति जगदिश्वर नरसिंह केसी, पूर्व सांसद डा शोभाकर पराजुली, जागरण अभियानका लागी नुवाकोटका लागी खटिइएका प्रतिनीधीहरु लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ५ : २७ बजे

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।

थरीथरी पोशाकमा सजिएर शपथ लिन पुगे सांसद (तस्बिरहरू)  

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला

उपत्यका विकास प्राधिकरणले भन्यो, सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँका अतिक्रमित जग्गामा बनाइएका संरचना

जर्मनीले भन्यो, ‘इरान युद्ध हाम्रो होइन, हामी फस्न चाहँदैनौं’

बर्लिन– जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले इरानविरूद्धको युद्धलाई विश्व अर्थतन्त्रका