साफ यु–१८ फुटबलको समूह चरणबाटै बाहिरियो नेपाल « Khabarhub

साफ यु–१८ फुटबलको समूह चरणबाटै बाहिरियो नेपाल


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोतामा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’बाट माल्दिभ्स र भुटान सेमिफाइनलमा पुगेका छन् ।  मंगलबार भएको भुटान र माल्दिभ्सबीचको खेल गोलरहित बराबरी सकिएको छ ।

दुई टोलीले बराबरी खेलेपछि ४ अंक भएको भुटान समूह ए को विजेता २ अंक भएको माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनल पुग्दा घरेलु टोली नेपाल भने प्रतियोगिताबाटै बाहिरिएको हो ।

समूह चरणको पहिलो खेलामा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी गरेकाे थियो । दोस्रो खेलमा भुटानसँग भने ३–० गोल अन्तरले पराजित भएको थियो ।

भुटानसँग पराजित भएपछि नेपालको अघिल्लाे चरणमा प्रवेश गर्ने सम्भावना कमजोर भएको थियो । तर, मंगलबार माल्दिभ्स र भुटानले बराबरी खेलेसँगै नेपाल स्वतः प्रतियोगिताबाट बाहिरिएको हो ।

लगातार दुई संस्करणको विजेता नेपाल तेस्रो संस्करणमा समूह चरणबाटै बाहिरिन पुगेको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ५ : ३७ बजे

जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गैर दलीय भएकाले

स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी

चितवन – गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडाैं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं