औषधि व्यवस्था विभागमा फर्किए ढकाल « Khabarhub

औषधि व्यवस्था विभागमा फर्किए ढकाल


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकालको पुर्नवहाली भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढकाललाई महानिर्देशकको पदमा पुर्नवहाली गरेको छ ।

अदालतले आदेश दिएको डेढ महिनापछि ढकालको पुनर्वहाली भएको हो । कर्मचारी समयोजन हुनुअघि ढकाल विभागको महानिर्देशकको पदमा कार्यरत थिए । समायोजनमा महानिर्देशकका रुपमा रहेका ११ औं तहका नारायण ढकाललाई विभाग भित्र रहेको राष्ट्रिय औषधि प्रयोगशालामा पदस्थापन गरी, निमित्त महानिर्देशकको जिम्मा १० औं तहका पान बहादुर क्षेत्रीलाई दिइएको थियो ।

असार १३ गते औषधि प्रयोगशालाको प्रमुखमा पदस्थापन भएपछि आफूभन्दा तल्लो तहको कर्मचारी हाकिम रहेको कार्यालय अन्तरगर्तको कार्यलयमा पदस्थापन गरेको भन्दै ढकालले सर्वोच्च अदालतमा रिट निवेदन थिए ।

ढकालको निवदेनमा न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले ढकाललाई प्रयोगशालामा सरुवा गर्ने निर्णय कार्यान्वयन नगरी यथास्थितमा राख्नु भनी आदेश दिएको थियो ।

सर्वोच्च अदालतले उक्त निर्णय कार्यन्वयन नगर्नु भनी साउन २३ गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको थियो ।सर्वोच्चले स्वास्थ्य मन्त्रालयलाई ढकालको पदस्थापन स्थगित गरी महानिर्देशककै जिम्मेवारीमा राख्न भनेपनि स्वास्थ्य मन्त्रालयले लामो समयसम्म कुनै निर्णय गरेन ।

अदालतको आदेशबारे जानकारी पाएपछि निमित्त महानिर्देशकको जिम्मेवारी पाएका क्षेत्री पनि अदातलको आदेशपछि जिम्मेवारीबाट हटे ।

मन्त्रालयले निमित्त महानिर्देशकको जिम्मेवारी दिएका क्षेत्री हटेपछि स्वास्थ्य मन्त्रालयको पत्र कुर्दै‌ ढकाल पनि महानिर्देशकको जिम्मेवारीमा फर्किका थिएनन् । डेढमहिनादेखि औषधि व्यवस्था विभाग प्रमुख विहीन बनेको थियो ।

मन्त्री यादवले भदौं ४ गते गरेको निर्णयलाई कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन शाखाले भदौं २५ गते मात्रै विभागको नाममा पत्र काटेको थियो । उक्त पत्र भदौं अन्नितमा विभागमा पुगेपछि ढकालले असोज ६ गते ( आइतबार) देखि मात्रै विभागको महानिर्देशकको जिम्मेवारी पाएका हुन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ८ : ०० बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै