औषधि व्यवस्था विभागमा फर्किए ढकाल « Khabarhub

औषधि व्यवस्था विभागमा फर्किए ढकाल


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकालको पुर्नवहाली भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढकाललाई महानिर्देशकको पदमा पुर्नवहाली गरेको छ ।

अदालतले आदेश दिएको डेढ महिनापछि ढकालको पुनर्वहाली भएको हो । कर्मचारी समयोजन हुनुअघि ढकाल विभागको महानिर्देशकको पदमा कार्यरत थिए । समायोजनमा महानिर्देशकका रुपमा रहेका ११ औं तहका नारायण ढकाललाई विभाग भित्र रहेको राष्ट्रिय औषधि प्रयोगशालामा पदस्थापन गरी, निमित्त महानिर्देशकको जिम्मा १० औं तहका पान बहादुर क्षेत्रीलाई दिइएको थियो ।

असार १३ गते औषधि प्रयोगशालाको प्रमुखमा पदस्थापन भएपछि आफूभन्दा तल्लो तहको कर्मचारी हाकिम रहेको कार्यालय अन्तरगर्तको कार्यलयमा पदस्थापन गरेको भन्दै ढकालले सर्वोच्च अदालतमा रिट निवेदन थिए ।

ढकालको निवदेनमा न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले ढकाललाई प्रयोगशालामा सरुवा गर्ने निर्णय कार्यान्वयन नगरी यथास्थितमा राख्नु भनी आदेश दिएको थियो ।

सर्वोच्च अदालतले उक्त निर्णय कार्यन्वयन नगर्नु भनी साउन २३ गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको थियो ।सर्वोच्चले स्वास्थ्य मन्त्रालयलाई ढकालको पदस्थापन स्थगित गरी महानिर्देशककै जिम्मेवारीमा राख्न भनेपनि स्वास्थ्य मन्त्रालयले लामो समयसम्म कुनै निर्णय गरेन ।

अदालतको आदेशबारे जानकारी पाएपछि निमित्त महानिर्देशकको जिम्मेवारी पाएका क्षेत्री पनि अदातलको आदेशपछि जिम्मेवारीबाट हटे ।

मन्त्रालयले निमित्त महानिर्देशकको जिम्मेवारी दिएका क्षेत्री हटेपछि स्वास्थ्य मन्त्रालयको पत्र कुर्दै‌ ढकाल पनि महानिर्देशकको जिम्मेवारीमा फर्किका थिएनन् । डेढमहिनादेखि औषधि व्यवस्था विभाग प्रमुख विहीन बनेको थियो ।

मन्त्री यादवले भदौं ४ गते गरेको निर्णयलाई कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन शाखाले भदौं २५ गते मात्रै विभागको नाममा पत्र काटेको थियो । उक्त पत्र भदौं अन्नितमा विभागमा पुगेपछि ढकालले असोज ६ गते ( आइतबार) देखि मात्रै विभागको महानिर्देशकको जिम्मेवारी पाएका हुन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ८ : ०० बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल