सिप्रदीले नेपाली बजारमा भित्र्यायो ‘मिचेलिन’ ब्राण्डका टायर « Khabarhub

सिप्रदीले नेपाली बजारमा भित्र्यायो ‘मिचेलिन’ ब्राण्डका टायर


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिप्रदी ट्रेडिङ प्रालिले फ्रान्सेली कम्पनी ‘मिचेलिन’ ब्राण्डका टायरहरु नेपाली बजारमा भित्र्याएको छ ।

मंगलबार काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गरी सिप्रदीले ‘मिचेलिन’ ब्राण्डका टायरहरु नेपाली बजारमा भित्र्याएको जानकारी दिएको हो ।

सार्क क्षेत्रका लागि महाप्रबन्धक प्रदीप थाम्पीले नेपालमा यो टायर भित्र्याउन पाउँदा आफूहरु निकै खुशी भएको बताए । नेपालको भौगालिक अवस्थाबारे अनुगमन गरी सोही अनुसारको टायर ल्याइएको सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राजनबाबु श्रेष्ठले बताए ।

‘हामीले ३७ वर्षदेखि हाम्रा प्रोडक्टहरु नेपाली बजारमा ल्याएर विक्री वितरण गरिरहेका छौं’ उनले भने ‘सिप्रदीले गुणस्तरीय र कन्फर्ट कसरी बनाउन सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै नयाँ प्रोडक्टहरु बजारमा ल्याउने गर्दछ ।’

नेपाली बजारमा ल्याइएको ‘मिचेलिन’ ब्राण्डको टायर सार्वजनिक कार्यक्रममा सहभागी अतिथिहरु

उनले विश्व बजारमा ‘मिचेलिन’ टायर स्थापित भइसकेको बताउँदै नेपालमा पनि यसले चाँडै स्थान लिने विश्वास लिए ।

‘हामीले नेपाली बजारमा जुनसुकै प्रोडक्ट ल्याउँदा पनि यहाँको बाटोघाटो अनुसार ठिक छ या छैन भनेर जाँच गरी ल्याउने गरेका छौं ।’ सीइओ श्रेष्ठले भने ।

सिप्रदीले विगत ३७ वर्षदेखि अटो मोवाइल तथा इक्युपमेन्ट लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

मिचेलिन टायर विश्वका १ सय ७० भन्दा बढी मुलुकहरुमा प्रयोग हुँदै आएको छ । नेपालमा पनि दुई पांग्रे तथा चार पांग्रे सार्वजनिक यातायातमा प्रयोग हुने गरी मिचेलिन टायर भित्र्याइएको सिप्रदीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : २४ बजे

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की