कश्मीर भूकम्पः ज्यान गुमाउनेको संख्या १९ पुग्यो, सयौं घाइते « Khabarhub

कश्मीर भूकम्पः ज्यान गुमाउनेको संख्या १९ पुग्यो, सयौं घाइते


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तान प्रशासित कश्मीरको रावलपिण्डी नजिकै केन्द्रबिन्दु बनाएर मंगलबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

पाकिस्तानको मिरपुर शहरमा मात्रै ज्यान गुमाउनेका संख्या १९ पुगेको रोयटर्सले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका प्रमुख इर्फान सलिमलाई उद्धृत गर्दै रोयटर्सले भूकम्पमा परी ३ बालबालिका सहित १९ जनाको मृत्यु भएको जनाएको छ ।

भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । भूकम्पमा परी सयौं घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी भौगर्भिक सर्वेका अनुसार पाकिस्तान प्रशासित कश्मीरको रावलपिण्डी केन्द्रविन्दू बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

भारतको राजधानी दिल्लीसहितका ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : ५५ बजे

जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गैर दलीय भएकाले

स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी

चितवन – गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडाैं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं