आगामी तीन दिन हल्का वर्षाको सम्भावना « Khabarhub

आगामी तीन दिन हल्का वर्षाको सम्भावना


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको मौसममा बदलि आएको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण देशको पश्चिमी भूभागमा आंशिक बदलि तथा मध्य र पूर्वी भूभागमा सामान्य बदलि रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक ०७ गते (बिहिबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राति: देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।

कार्तिक ०८ गते (शुक्रबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राति: देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।

कार्तिक ०९ गते (शनिबार )

दिउँसो : देशभर आंसिक देखि सामान्य बदलि रही पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंसिक देखि सामान्य बदलि रही पहाडि भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ ।

पहाडि भू-भागमा हल्का वर्षाको सम्भावना तथा बिहानीपख भिजिबिलिटी कम हुने सम्भावना रहेकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ६ : ५९ बजे

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको