सरकारले गरेको कामको प्रशंसा गर्न कञ्जुस्याइँ भयो–मुख्यमन्त्री पोखरेल « Khabarhub

सरकारले गरेको कामको प्रशंसा गर्न कञ्जुस्याइँ भयो–मुख्यमन्त्री पोखरेल


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्न कञ्जुस्याइँ भएको बताएका छन् ।

नेकपा जानकी गाउँपालिकाले बाँकेको जानकीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री पोखरेलले ओली सरकारले मुलुकको समग्र आर्थिक विकासमा फड्को मार्ने गरी काम गरे पनि विरोध मात्रै गर्ने प्रवृत्ति हाबी भएको उल्लेख गरे ।

केपी ओली प्रधानमन्त्री बन्नुअघि चार प्रतिशत रहेको जिडीपी अहिले सात प्रतिशत पुगेको बताउँदै उनले छिमेकी देशका प्रधानमन्त्रीले गरेको कामको प्रशंसा गर्ने नेपालीहरु आफ्नो देशमा भएको प्रगतिको प्रशंसा गर्नमा कन्जुस्याई गरेको बताए ।

उनले सरकारले राम्रा काम गर्दा गर्दै पनि नकारात्मक कुरा मात्रै गर्ने प्रवृत्ति हाबी भएको उल्लेख गर्दै भने “नेपालको कूल उत्पादन गार्हस्थ तीन वर्षमा दोब्बर वृद्धि भइसक्यो तर हामी निराशा बाँड्याबाँडै छौँ । यो वर्ष सरकारको धेरै आलोचना गरेको वर्षका रुपमा चित्रण गर्दछन् जुन वर्ष कूल गार्हस्थ उत्पादनको वृद्धिदर ७ दशमलव एक पुगेको छ जसलाई उच्च आर्थिक वृद्धिदर मानिन्छ ।”

प्रदेश नं ५ सातवटै प्रदेशमध्ये कानून र योजना बनाउने सवालमा अग्रणी रहेको उल्लेख गर्दै उनले कूल ग्राहस्थ वृद्धि दरका हिसाबले नेपालमा प्रदेश नं ५ सबैभन्दा माथि रहेको दाबी गरे । उनले भने, “प्रदेश नं ५ को कूल ग्राहस्थ उत्पादनको वृद्धिदर ७ दशमलव ७ छ यो उच्चतम वृद्धिद्वर हो सबै मिलेर अघि बढ्यौं भने हामी उदाहरणीय बन्न सक्छ ।”

उनले प्रदेश सरकार किसानले भोग्दै आएको मल र सिँचाइको समस्याप्रति गम्भीर भएको उल्लेख गर्दै आगामी वर्षदेखि समस्यामा कमी हुने गरी काम थालनी भएको बताए । मुख्यमन्त्री पोखरेलले नेपालगञ्ज पछाडि नपर्ने उल्लेख गर्दै भने, “हिजो नेपालगञ्ज राम्रो थियो अहिलेपछि पर्‍ यो भन्ने आवाज सुनिन्छ म चुनौतीका साथ भन्छु प्रत्येक वर्ष नयाँ उद्योग खुल्ने नेपालगञ्ज करिडोरमा तीन वर्ष पहिलाभन्दा अहिले धेरै उद्योग थपिएका छन् । नेपालगञ्ज यस्तो ठाउँ हो पछाडि पर्दैपर्दैन ।”

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ८ : १२ बजे

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको