किन खाने टुसायुक्त गेडागुडी ? « Khabarhub

किन खाने टुसायुक्त गेडागुडी ?


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गेडागुडीलाई टुसा उमारेर खाँदा मानव स्वास्थ्यलाई चाहिने आवश्यक पोषक तत्व पर्याप्त मात्रामा पाउन सकिन्छ ।

स्वस्थ रहन र सन्तुलित खानाका लागि ‘टुसा उमारेको’ गेडागुडी उपयुक्त मानिन्छ। यसमा पर्याप्त पोसिलो तथा सस्तो र केही मिसिवट नहुने हुँदा स्वास्थ्यलाई फाइदा पुग्छ ।

टुसा उमार्नु भनेको भिटामिन उद्योग नै घरमा खोल्नु जत्तिकै हुने चिकित्सक बताउँछन् । इन्धन वा पैसा खर्च नगरेरै खानेकुराको उपादेयतामा वृद्धि गर्न तथा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्वको पोषणमा वृद्धि गर्नका लागि टुसा उमोरर खान सकिन्छ ।

सर्वप्रथम अन्न वा गेडागुडीलाई भाँडोमा राखेर राम्रोसँग पखाल्नुपर्छ । ४–५ पटक पखालेपछि धुलो, ढुंगा आदि हट्छन् । यसपछि भिज्न पुग्ने पानीमा डुबाएर त्यसलाई राख्नुपर्छ । तीन चरणमा गेडागुडीको टुसा उम्रन्छ ।

पहिलो चरणमा गेडागुडीलाई भिजाउने । दोस्रो चरणमा भिजाएको गेडागुडी अंकुरित हुन थाल्छ । अन्न वा गेडागुडीको दाना फुटेर टुसा निस्कन्छ । यो टुसा आएपछि दानाको गुणहरूमा धेरै सकारात्मक परिर्वतन आउँछन् ।

तेस्रो चरणमा दोस्रो चरणमा अंकुराएको बिउबाट निस्केको टुसा बढ्दै जान्छ । बिउमा रहेको पोषकपदार्थ उपयोग गर्दै टुसा बढ्छ र यसमा पोषण पनि बढ्दै जान्छ ।

टुसायुक्त खानाको फाइदा

टुसा उमारेको अन्न वा गेडागुडीमा पहिले भइरहेका पोषकतत्वमा पनि धेरै कुरा थपिन्छ । जुनसुकै उमेर, लिंग, समूहका मानिसले खाद्यान्नमा आफैँ टुसा उमार्न र प्रयोग गर्न सक्छन् । यसले हाम्रो शरीरमा पोषण दिन्छ । यो पूर्ण, सस्तो र बलवर्धक खाना हो ।
– पोषणयुक्त भोजन दिन्छ ।
– यसले बूढो हुने गति मन्द पार्नुका साथै मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त बनाउँछ ।
– तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई आवश्यक शक्ति दिन्छ ।
– यो सजिलै पाच्य हुन्छ ।
– अंकुरित खानाले पेटमा वायु बनाउँदैन र कब्जियत हुनबाट रोक्छ ।
– हरियो तरकारीजत्तिकै फाइदाजनक हुन्छ ।
– रोगप्रतिरोधात्मक शक्ति बढाउँछ ।
– विभिन्न भिटामिन र खनिजको उत्कृष्ट स्रोत बन्छ ।
– रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन मद्दत गर्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : ४३ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६