किन खाने टुसायुक्त गेडागुडी ? « Khabarhub

किन खाने टुसायुक्त गेडागुडी ?


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गेडागुडीलाई टुसा उमारेर खाँदा मानव स्वास्थ्यलाई चाहिने आवश्यक पोषक तत्व पर्याप्त मात्रामा पाउन सकिन्छ ।

स्वस्थ रहन र सन्तुलित खानाका लागि ‘टुसा उमारेको’ गेडागुडी उपयुक्त मानिन्छ। यसमा पर्याप्त पोसिलो तथा सस्तो र केही मिसिवट नहुने हुँदा स्वास्थ्यलाई फाइदा पुग्छ ।

टुसा उमार्नु भनेको भिटामिन उद्योग नै घरमा खोल्नु जत्तिकै हुने चिकित्सक बताउँछन् । इन्धन वा पैसा खर्च नगरेरै खानेकुराको उपादेयतामा वृद्धि गर्न तथा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्वको पोषणमा वृद्धि गर्नका लागि टुसा उमोरर खान सकिन्छ ।

सर्वप्रथम अन्न वा गेडागुडीलाई भाँडोमा राखेर राम्रोसँग पखाल्नुपर्छ । ४–५ पटक पखालेपछि धुलो, ढुंगा आदि हट्छन् । यसपछि भिज्न पुग्ने पानीमा डुबाएर त्यसलाई राख्नुपर्छ । तीन चरणमा गेडागुडीको टुसा उम्रन्छ ।

पहिलो चरणमा गेडागुडीलाई भिजाउने । दोस्रो चरणमा भिजाएको गेडागुडी अंकुरित हुन थाल्छ । अन्न वा गेडागुडीको दाना फुटेर टुसा निस्कन्छ । यो टुसा आएपछि दानाको गुणहरूमा धेरै सकारात्मक परिर्वतन आउँछन् ।

तेस्रो चरणमा दोस्रो चरणमा अंकुराएको बिउबाट निस्केको टुसा बढ्दै जान्छ । बिउमा रहेको पोषकपदार्थ उपयोग गर्दै टुसा बढ्छ र यसमा पोषण पनि बढ्दै जान्छ ।

टुसायुक्त खानाको फाइदा

टुसा उमारेको अन्न वा गेडागुडीमा पहिले भइरहेका पोषकतत्वमा पनि धेरै कुरा थपिन्छ । जुनसुकै उमेर, लिंग, समूहका मानिसले खाद्यान्नमा आफैँ टुसा उमार्न र प्रयोग गर्न सक्छन् । यसले हाम्रो शरीरमा पोषण दिन्छ । यो पूर्ण, सस्तो र बलवर्धक खाना हो ।
– पोषणयुक्त भोजन दिन्छ ।
– यसले बूढो हुने गति मन्द पार्नुका साथै मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त बनाउँछ ।
– तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई आवश्यक शक्ति दिन्छ ।
– यो सजिलै पाच्य हुन्छ ।
– अंकुरित खानाले पेटमा वायु बनाउँदैन र कब्जियत हुनबाट रोक्छ ।
– हरियो तरकारीजत्तिकै फाइदाजनक हुन्छ ।
– रोगप्रतिरोधात्मक शक्ति बढाउँछ ।
– विभिन्न भिटामिन र खनिजको उत्कृष्ट स्रोत बन्छ ।
– रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन मद्दत गर्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : ४३ बजे

बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सिरहा– १९ वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सर्लाही–४ मा कांग्रेस सभापति गगन र निवर्तमान सांसद डा. अमरेश आमनेसामने

सर्लाही- सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि

काठमाडौं क्षेत्र न ५ बाट राप्रपाका कमल थापाले उम्मेदवारी दर्ता गरे

काठमाडौं– काठमाडौं क्षेत्र न ५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता

कांग्रेस दमक नगर सभापतिले छाडे पार्टी, बालेनलाई सघाउने

दमक– नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंले पार्टीको पद