कास्कीमा चुनावी सरगर्मी, कांग्रेस र नेकपाले सकेनन् उम्मेदवार छान्न « Khabarhub

कास्कीमा चुनावी सरगर्मी, कांग्रेस र नेकपाले सकेनन् उम्मेदवार छान्न


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेको छ ।

चुनाव नजिकिएसँगै उम्मेदवार को बन्छ भन्ने विषयले पनि निकै चर्चा पाएको छ ।

सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारको तय गर्न सकेका छैनन् ।

उम्मेदवार बन्न चाहने आकांक्षी धेरै जना भएपछि पार्टीका मातहतका कमिटीहरुलाई उम्मेदवारको नाम केन्द्रमा सिफरिस गर्नसमेत धौं धौं परेको छ ।

सत्तारुढ दल नेकपाले उक्त क्षेत्रमा उम्मेदवार तय गर्न सकेको छैन । पार्टीले तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएसँगै नेकपा कास्की अहिले आकांक्षीको नाममा सहमति जुटाउने कसरतमा रहेको छ ।

पूर्व सांसद स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नीलाई उम्मेदवार उठाउने विषयमा छलफल भएको भएपनि अन्य दुई जनाको पनि नाम केन्द्रमा सिफारिस गर्नुपर्ने भएपनि नेकपा कास्कीमा अन्योल देखिएको हो ।

नेकपाबाट सोमनाथ अधिकारी ‘प्यासी’, राजकाजी गुरुङ, तुलबहादुर गुरुङ, धनराज आचार्य, श्रीनाथ बराललगायतको चर्चा रहेको छ ।

त्यस्तै उपनिर्वाचनमा कांग्रेसका तर्फबाट १६ जना उम्मेदवार बन्न आकांक्षी देखिएपछि सबैको नाम कास्की कांग्रेसले केन्द्रीय समितिमा पठाएको छ ।

केन्द्रीय समितिले ३ जनाको नाम सिफारिस गर्न भनेपनि क्षेत्रीय समितिले ३ जनामा सहमति जुटाउन सकेन । जसका कारण १६ जनाकै नाम पठाइएको जिल्ला सभापति कृष्ण केसीले बताए ।

साझा पार्टीले भने उपनिर्वाचनमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकपछि बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्य केसीलाई उम्मेदवार बनाउने घोषणा गरिएको हो ।

कास्की निर्वाचन क्षेत्र नं २ यसअघि तत्कालिन नेकपा एमालेका नेता रवीन्द्र अधिकारी विजयी भएका थिए । संस्कृति, पर्यटन मन्त्रीसमेत रहेका अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १० : ३५ बजे

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको