कास्कीमा चुनावी सरगर्मी, कांग्रेस र नेकपाले सकेनन् उम्मेदवार छान्न « Khabarhub

कास्कीमा चुनावी सरगर्मी, कांग्रेस र नेकपाले सकेनन् उम्मेदवार छान्न


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेको छ ।

चुनाव नजिकिएसँगै उम्मेदवार को बन्छ भन्ने विषयले पनि निकै चर्चा पाएको छ ।

सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारको तय गर्न सकेका छैनन् ।

उम्मेदवार बन्न चाहने आकांक्षी धेरै जना भएपछि पार्टीका मातहतका कमिटीहरुलाई उम्मेदवारको नाम केन्द्रमा सिफरिस गर्नसमेत धौं धौं परेको छ ।

सत्तारुढ दल नेकपाले उक्त क्षेत्रमा उम्मेदवार तय गर्न सकेको छैन । पार्टीले तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएसँगै नेकपा कास्की अहिले आकांक्षीको नाममा सहमति जुटाउने कसरतमा रहेको छ ।

पूर्व सांसद स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नीलाई उम्मेदवार उठाउने विषयमा छलफल भएको भएपनि अन्य दुई जनाको पनि नाम केन्द्रमा सिफारिस गर्नुपर्ने भएपनि नेकपा कास्कीमा अन्योल देखिएको हो ।

नेकपाबाट सोमनाथ अधिकारी ‘प्यासी’, राजकाजी गुरुङ, तुलबहादुर गुरुङ, धनराज आचार्य, श्रीनाथ बराललगायतको चर्चा रहेको छ ।

त्यस्तै उपनिर्वाचनमा कांग्रेसका तर्फबाट १६ जना उम्मेदवार बन्न आकांक्षी देखिएपछि सबैको नाम कास्की कांग्रेसले केन्द्रीय समितिमा पठाएको छ ।

केन्द्रीय समितिले ३ जनाको नाम सिफारिस गर्न भनेपनि क्षेत्रीय समितिले ३ जनामा सहमति जुटाउन सकेन । जसका कारण १६ जनाकै नाम पठाइएको जिल्ला सभापति कृष्ण केसीले बताए ।

साझा पार्टीले भने उपनिर्वाचनमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकपछि बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्य केसीलाई उम्मेदवार बनाउने घोषणा गरिएको हो ।

कास्की निर्वाचन क्षेत्र नं २ यसअघि तत्कालिन नेकपा एमालेका नेता रवीन्द्र अधिकारी विजयी भएका थिए । संस्कृति, पर्यटन मन्त्रीसमेत रहेका अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १० : ३५ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५