महरालाई आज अदालतमा उपस्थित गराइँदै | Khabarhub Khabarhub

महरालाई आज अदालतमा उपस्थित गराइँदै


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालतमा उपस्थित गराइँदैछ । अनुसन्धानका लागि दोस्रोपटक थपिएको म्याद आज सकिएपछि उनलाई अदालतमा पेश गर्न लागिएको छ ।

महरालाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगेर म्याद थप्ने वा अभियोगपत्र दायर गर्ने भन्ने अझै टुंगिएको छैन । तर, काठमाडौं जिल्ला अदालतको एक नम्बर इजलाश तोकिएको अदालतका सुचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार महरालाई आज न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा पेश गरिनेछ । सरकारी वकिलको कार्यालयले म्याद थप वा अभियोगपत्र के ल्याउँछ भन्ने नटुंगिएका कारण आजै आदेश हुन्छ वा हुँदैन भन्न नसकिने अवस्था बताइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १० : ५४ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला