महरालाई आज अदालतमा उपस्थित गराइँदै « Khabarhub

महरालाई आज अदालतमा उपस्थित गराइँदै


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालतमा उपस्थित गराइँदैछ । अनुसन्धानका लागि दोस्रोपटक थपिएको म्याद आज सकिएपछि उनलाई अदालतमा पेश गर्न लागिएको छ ।

महरालाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगेर म्याद थप्ने वा अभियोगपत्र दायर गर्ने भन्ने अझै टुंगिएको छैन । तर, काठमाडौं जिल्ला अदालतको एक नम्बर इजलाश तोकिएको अदालतका सुचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार महरालाई आज न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा पेश गरिनेछ । सरकारी वकिलको कार्यालयले म्याद थप वा अभियोगपत्र के ल्याउँछ भन्ने नटुंगिएका कारण आजै आदेश हुन्छ वा हुँदैन भन्न नसकिने अवस्था बताइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १० : ५४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका