गाँजा र चरेससहित तीन जना पक्राउ « Khabarhub

गाँजा र चरेससहित तीन जना पक्राउ


७ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरोले छ किलोग्राम ४०० ग्राम गाँजा र सात किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले लागुऔषध ओसारपसार कार्यमा संलग्न अच्युत त्रिपाठी, राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेलाई विभिन्न मितिमा पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पक्राउ परेका त्रिपाठीले अडियो म्युजिक सिस्टमभित्र लुकाएर काठमाडौँ महानगरपालिका–१६ मा रहेको डिलाइट होटलमा राखेको अवस्थामा त्रिपाठी र होटलका सञ्चालकद्वयलाई पक्राउ गरिएको जानकारी दिए ।

त्रिपाठीले लागुऔषध लुकाएर राखेको अडियो म्युजिक सिस्टम फ्लाई दुवई एयरको एयर कार्गोमार्फत क्यानडा हुँदै नेपाल भित्रिएको र उक्त लागुऔषध पनि विदेशबाट नेपाल आएको अनुसन्धानमा खुल्न आएको लामाले बताए । पक्राउ परेका पाण्डेद्वय यसअघि पनि विदेशबाट लागुऔषध कारोवार गर्ने गरेको अनुन्धानमा खुलेको छ ।

पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहिबार  ११ : ०४ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्