स्काभेटरले किच्दा एक जनाको मृत्यु, चालक फरार « Khabarhub

स्काभेटरले किच्दा एक जनाको मृत्यु, चालक फरार


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– स्काभेटरले किच्दा बैतडीमा विहीवार(आज) एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ ।

लामालेक– ढणौन सडक निर्माणपछि एसके २२० केडी नंको स्काभेटरलाई घर निर्माणका लागि खन्न पुजाराले ल्याउँदै गरेको अवस्थामा आज बिहान ८ बजे पेले भन्ने स्थानमा खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक मानसिंह बोहराले जानकारी दिए ।

स्काभेटर चालक दशरथचन्द नगरपालिका–२ देहीमाडौँका ३० वर्षीय शेरीसिंह बोहरा फरार छन् । फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शव क्षतविक्षत अवस्थामा घटनास्थलमै रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

चार दिन अघि सोमबार बैतडीको दशरथ चन्द नगरपालिकामा वडा नम्बर ९ ग्वाल्लेकमा सडक खन्न गएको डोजरले स्थानीय गौरा जोशीलाई हुत्याएर घाईते बनाएको घटना सेलाउन नपाउँदै बिहिबार मेलौलीमा पनि सडक खन्न गएको स्काभेटरले स्थानी शुक्रसिंह पुजारोको ज्यान गएपछि बैतडीमा डोजर आतङ्क मच्चिएको स्थानीले बताएका छन् ।

बैतडीमा डोजर र स्काभेटरले अहिलेसम्म पाँच जनाको ज्यान लिईसकेको छ । नेपाल सरकारले एक करोड भन्दा मुनीका ग्रामीण सडक योजना निर्माण गर्दा डोजर र स्काभेटर चलाउन नपाउने परिपत्र गरे पनि डोजरले सरकारी निर्देशन अटेर गर्दै आईरहेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ११ : २८ बजे

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको