स्काभेटरले किच्दा एक जनाको मृत्यु, चालक फरार « Khabarhub

स्काभेटरले किच्दा एक जनाको मृत्यु, चालक फरार


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– स्काभेटरले किच्दा बैतडीमा विहीवार(आज) एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ ।

लामालेक– ढणौन सडक निर्माणपछि एसके २२० केडी नंको स्काभेटरलाई घर निर्माणका लागि खन्न पुजाराले ल्याउँदै गरेको अवस्थामा आज बिहान ८ बजे पेले भन्ने स्थानमा खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक मानसिंह बोहराले जानकारी दिए ।

स्काभेटर चालक दशरथचन्द नगरपालिका–२ देहीमाडौँका ३० वर्षीय शेरीसिंह बोहरा फरार छन् । फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शव क्षतविक्षत अवस्थामा घटनास्थलमै रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

चार दिन अघि सोमबार बैतडीको दशरथ चन्द नगरपालिकामा वडा नम्बर ९ ग्वाल्लेकमा सडक खन्न गएको डोजरले स्थानीय गौरा जोशीलाई हुत्याएर घाईते बनाएको घटना सेलाउन नपाउँदै बिहिबार मेलौलीमा पनि सडक खन्न गएको स्काभेटरले स्थानी शुक्रसिंह पुजारोको ज्यान गएपछि बैतडीमा डोजर आतङ्क मच्चिएको स्थानीले बताएका छन् ।

बैतडीमा डोजर र स्काभेटरले अहिलेसम्म पाँच जनाको ज्यान लिईसकेको छ । नेपाल सरकारले एक करोड भन्दा मुनीका ग्रामीण सडक योजना निर्माण गर्दा डोजर र स्काभेटर चलाउन नपाउने परिपत्र गरे पनि डोजरले सरकारी निर्देशन अटेर गर्दै आईरहेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ११ : २८ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष