महिनावारी हुँदा यस्ता कुरामा ध्यान दिनुस् « Khabarhub

महिनावारी हुँदा यस्ता कुरामा ध्यान दिनुस्


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रजस्वला किशोरी अवस्थााबाट शुरु हुन्छ । साधारणतया १० देखि १५ वर्षसम्मका किशोरीहरुमा रजस्वला शुरु हुन्छ भने ४५ देखि ५५ वर्षको उमेरमा रजस्वला बन्द हुन्छ ।

महिनावारी हुनु भनेको महिलाहरु प्रजनन गर्न सक्ने उमेर वा गर्भवती हुन सक्ने उमेरमा प्रवेश भएको अवस्थाको संकेत पनि हो । महिलाहरुको डिम्बाशयबाट इस्ट्रोजन तथा प्रोजेस्टोरोन हर्मोनहरु उत्पादन हुन्छ ।

पाठेघरको भित्री तहमा यसकको प्रभावद्धारा विस्तारै बढ्दै जान्छ र पाठेघरको तह बाक्लो हुन्छ । करिब १४ दिनमा डिम्बाशयबाट एक डिम्ब निस्किन्छ र उक्त डिम्ब परिपक्क भएको डिम्ब शुक्रकीटबाट निसेचित भएमा गर्भ रहन्छ तर यदि निसेचित नभएमा गर्भ रहँदैन र सो तहको कुनै प्रयोजन हुँदैन । त्यसपछि डिम्बासयबाट उत्पादन हुने हर्मोनह पाठेघरको भित्री तहमा तुहिन्छ । यसरी भित्री तह तुहिएर रगत आउँछ जसलाई रजस्वला भनिन्छ ।

रजस्वला हुँदा स्वास्थ्यमा सामान्य देखि जटिल किसिमका समस्याहरु आउन सक्छ । रजस्वला भएको बेला स्वास्थ्य र सरसफाइमा विषेश ध्यान दिनुपर्छ ।

रजस्वला हुँदा यस्ता कुरामा ध्यान दिनुस्

– रजस्वला भएको समयमा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ,

–सम्भव भएसम्म प्रत्येक दिन नुहाउनु पर्छ,

–सफा नरम सुतिको कपडा वा सेनिटरी प्याड प्रयोग गर्नुपर्छ,

–उक्त कपडा वा प्याड समय–समयमा फेर्नुपर्छ,

–एकपटक प्रयोग भएको प्याडलाई पुन प्रयोग गर्नु हुँदैन,

–प्रयोग भइसकेको सेनिटरी प्याडलाई फोहोर फाल्ने निश्चित ठाउँमा मात्र फाल्नुपर्छ,

–यस्तै कपडाको प्रयोग गरिएको छ भने त्यसलाई धोएर पुन प्रयोग गर्न सकिन्छ,

–रजस्वला हुदा प्रयोग भएको प्याड पुन प्रयोग गर्न राम्रोसँग साबुन पानीले धोएर घाममा सुकाउनुपर्छ,

–महिनावारी भएको समयमा सरसफाइमा विशेष ध्यान नदिदा यौनजन्य रोग समेत लाग्न सक्ने भएकाले सरसफाइमा विशेषज्ञ ध्यान दिनुपर्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ११ : ४८ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले