विश्वविद्यालयका उपकुलपतिका लागि पहिलोपटक मागियो वैयक्तिक विवरण | Khabarhub Khabarhub

विश्वविद्यालयका उपकुलपतिका लागि पहिलोपटक मागियो वैयक्तिक विवरण


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वविद्यालयका उपकुलपतिका लागि सार्वजनिकरूपमा वैयक्तिक विवरण माग गरिएको छ ।

विश्वविद्यालयको उपकुलपतिका लागि वैयक्तिक विवरण आह्वान गरी रोष्टर तयार गर्न लागिएको नेपालको विश्वविद्यालयको इतिहासमै पहिलो घटना हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि इच्छुकहरूले सात दिनभित्र वैयक्तिक विवरण पठाउन आह्वान गरेको छ ।

शिक्षामन्त्री तथा विश्वविद्यालयहरुका उपकुलपति सिफारिस समिति (सर्च कमिटी)का संयोजक गिरिराजमणि पोखरेलले इच्छुकहरुसँग वैयक्तिक विवरणका लागि सार्वजनिक आह्वान गरिएको जानकारी दिए ।

उपकुलपतिबाहेक पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष तथा नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोग अध्यक्ष र सदस्यहरूका लागि पनि यसैगरी आवेदन आह्वान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयका साथै तीन विश्वविद्यालयका उपकुलपति छनोट गर्न गत भदौमा नै सर्च कमिटी गठन गरिएको थियो । सर्च कमिटीले गत महिना त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डा. भगवान कोइराला, डा. धर्मकान्त बाँस्कोटा र डा. चन्द्रमणि पौडेलको नाम कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । त्रिवि, पूर्वाञ्चल, कृषि तथा वन र नेपाल संस्कृत विश्वविद्यालयमा गत भदौ ५ गतेबाट र मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पोखरा विश्वविद्यालयमा असोज ६ गतेबाट उपकुलपति रिक्त छन् ।

त्रिवि र नेसंविमा शिक्षाध्यक्षलाई तथा बाँकीमा डिनलाई निमित्तका रुपमा काम गर्न जिम्मेवारी दिइएको छ । तीन जनाको नाम सिफारिस गर्दा निमित्तको जिम्मेवारी दिइएकाको पनि नाम समावेश गर्नुपर्ने मान्यता रहँदै आए पनि त्रिविको निमित्तका रूपमा कामकाज गर्न जिम्मेवारी पाएकी डा. सुधा त्रिपाठीको नाम सिफारिस नहुँदा प्राज्ञिक क्षेत्रमा यस घटनालाई आश्चर्यका रूपमा हेरिएको छ ।

उपकुलपति रिक्त रहेका अन्य तीन सूप, मप र पोखरा विश्वविद्यालयका लागि अझैसम्म सर्च कमिटी नै बन्न सकेको छैन । मन्त्रालयले यसरी विज्ञहरूबाट वैयक्तिक विवरण माग्नुभन्दा प्रस्ताव नै माग्नुपर्ने र त्यसको प्रस्तुतीकरण गर्न लगाउनुपर्ने धारणा प्राज्ञिक व्यक्तित्वहरुबाट आएको छ ।

विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्राडा गणेशमान गुरुङले छोटो बाटोबाट सही व्यक्ति छनोट गर्ने माध्यम सर्च कमिटी नै हो र यसरी आवेदन आह्वान गर्दा योग्य व्यक्तिले आवेदन दिन नचाहने पनि हुनसक्ने बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ११ : ३५ बजे

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका