नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद « Khabarhub

नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद


३० भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।

प्रधानमन्त्री कार्कीले आइतबार कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, ओम प्रकाश अर्याललाई गृह र कानून तथा रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन्।

राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘नवनियुक्त मन्त्रीहरुको सपथ आज बिहान ११ः३० बजे हुने व्यहोरो जानकारी गराइन्छ।’

ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए। यस्तै, गृहमन्त्री अर्याल काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानूनी सल्लाहकार थिए। अर्थमन्त्रीमा नियुक्त खनाल पूर्व अर्थसचिव हुन्।

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त कार्कीले आइतबार बिहान सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी थिइन् भने साँझ तीनजना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेकी थिइन्।

मन्त्री नियुक्तिको विषयमा आन्दोलनरत जेनजी पक्षले भने असन्तुष्टि जनाएको छ। आइतबार राति बालुवाटारमा प्रदर्शन गर्दै जेनजी अगुवाले गृहमन्त्री नियुक्त अर्यालमाथि प्रश्न गरेका हुन्। आन्दोलन सफल भएपछि सहजकर्ताका रुपमा पुगेका अर्याललाई गृहमन्त्री दिनु नहुने भन्दै जेनजी नेताले मध्यरातमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन्।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ९ : ०१ बजे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ