पूजा बोहोरा बलात्कार काण्ड– आज सर्वोच्चबाट न्याय पाउलिन् ? « Khabarhub

पूजा बोहोरा बलात्कार काण्ड– आज सर्वोच्चबाट न्याय पाउलिन् ?


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले आज सामुहिक बलात्कारको शिकारमा परेकी बाजुराकी १४ वर्षीया बालिका पूजा बोहोराको अन्तिम सुनुवाई गर्दैछ ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा बोहोराको बलात्कार प्रकरणबारे अन्तिम सुनुवाई भइरहेको छ ।

२०७१ साल पुष २ गते दोह्रयाईपाउँ अन्तर्गत सर्वोच्च अदालतमा दर्ता भएको बोहोराको मुद्दा ३ बर्षपछि २०७४ पौष ५ गते न्यायाधीशहरु सारदाप्रसाद घिमिरे र प्रकाशमानसिह राउतको इजलासले मुद्दा पुनः ब्युँताएको थियो ।

गत कार्तिक ६ गते सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा परेपछि मुद्दालाई हेर्दा हेर्दैमा राखेर आज दोस्रोपटक सुनुवाई सुरु भईरहेको छ ।

दुबै न्यायाधीश मानव अधिकारका जानकार रहेकाले पूजा बोहोरा प्रकरणको अन्तिम सुनुवाईलाई महत्वका साथ हेरिएको छ । पूजा बोहोराले न्याय पाउने नपाउने भन्ने आजै निश्चित हुने सर्वोच्च अदालत स्रोतले बताएको छ ।

एसएलसी परीक्षाको समयमा गेस पेपर किन्न गएका बेला सामूहिक बलात्कारमा परेकी बाजुराकी १४ वर्षीया पूजा बोहोरालाई सर्वोच्च अदालतले सामूहिक बलात्कारमा संलग्न भनिएका बैतडीका सागर भट्ट र अमर अवस्थीलाई झिकाउने आदेशपछि निरन्तर सुनुवाई सुरु भएको हो ।

७ चैत २०६८ सालमा एसएलसी परीक्षाका लागि गणितको गेस पेपेर किन्न पाटन बजारमा पुगेकी पूजामाथि सामूहिक बलात्कार भएको थियो । बैतडीको कैलापाल गाउँबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन गएकी थिइन् ।

बलात्कारपछि रक्ताम्य पारेर नालीमा अचेत अवस्थामा भेटिएकी थिइन पूजा । बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी बोहोराको अस्पतालमा उपचारपछि घटनाको तथ्य बाहिर आएको थियो ।

सार्वजनिक सञ्चार माध्यम, नागरिक समाज र विद्यार्थी संगठनबाट चर्को विरोध भएपछि बलात्कार गरी फालेको अभियोगमा २ जनालाई प्रहरी पक्राउ गरी अनुसन्धान थालेको थियो ।

प्रहरीको अनुसन्धानपछि बैतडी जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । सो मुद्दामा सुनुवाई गर्दै तत्कालिन जिल्ला न्यायाधीश हिमाल पाठकले दुबै अभियुक्तलाई जनही ५० हजार जरिवाना र १३ बर्षको फैसला सुनाएका थिए ।

तर मुद्दाको पुनरावेदन भएपनि पुनरावेदन अदालत महेन्द्रनगरका तत्कालिन न्यायाधीहरु नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको इजलासले सफाई दिएपछि पूजा बोहोरा प्रकरणले नयाँ मोड लिएको थियो ।

पुनरावेदन अदालतका तत्कालिन न्यायाधीश शाही र राजभण्डारीमाथि चरम न्यायिक बिचलन गरिएको भन्दै न्यायपरिषद्मा उजुरी समेत परेको थियो । शाही केहि दिन अगाडी मात्रै एउटा बियर कम्पनीको क्षेत्राधिकार बिहिन मुद्दाको सुनुवाई गरेको भन्दै न्यायपरिषद्बाट जागिरै जाने गरी कारबाहीमा परेका न्यायाधीश हुन् ।

तत्कालिन पुनरावेदन अदालत महेन्द्र नगरे फैसला उल्टाएपछी पुनरावेदनको सो फैसला खारेजीको माग गर्दै सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १२ : ०९ बजे

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने