पूजा बोहोरा बलात्कार काण्ड– आज सर्वोच्चबाट न्याय पाउलिन् ? « Khabarhub

पूजा बोहोरा बलात्कार काण्ड– आज सर्वोच्चबाट न्याय पाउलिन् ?


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले आज सामुहिक बलात्कारको शिकारमा परेकी बाजुराकी १४ वर्षीया बालिका पूजा बोहोराको अन्तिम सुनुवाई गर्दैछ ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा बोहोराको बलात्कार प्रकरणबारे अन्तिम सुनुवाई भइरहेको छ ।

२०७१ साल पुष २ गते दोह्रयाईपाउँ अन्तर्गत सर्वोच्च अदालतमा दर्ता भएको बोहोराको मुद्दा ३ बर्षपछि २०७४ पौष ५ गते न्यायाधीशहरु सारदाप्रसाद घिमिरे र प्रकाशमानसिह राउतको इजलासले मुद्दा पुनः ब्युँताएको थियो ।

गत कार्तिक ६ गते सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा परेपछि मुद्दालाई हेर्दा हेर्दैमा राखेर आज दोस्रोपटक सुनुवाई सुरु भईरहेको छ ।

दुबै न्यायाधीश मानव अधिकारका जानकार रहेकाले पूजा बोहोरा प्रकरणको अन्तिम सुनुवाईलाई महत्वका साथ हेरिएको छ । पूजा बोहोराले न्याय पाउने नपाउने भन्ने आजै निश्चित हुने सर्वोच्च अदालत स्रोतले बताएको छ ।

एसएलसी परीक्षाको समयमा गेस पेपर किन्न गएका बेला सामूहिक बलात्कारमा परेकी बाजुराकी १४ वर्षीया पूजा बोहोरालाई सर्वोच्च अदालतले सामूहिक बलात्कारमा संलग्न भनिएका बैतडीका सागर भट्ट र अमर अवस्थीलाई झिकाउने आदेशपछि निरन्तर सुनुवाई सुरु भएको हो ।

७ चैत २०६८ सालमा एसएलसी परीक्षाका लागि गणितको गेस पेपेर किन्न पाटन बजारमा पुगेकी पूजामाथि सामूहिक बलात्कार भएको थियो । बैतडीको कैलापाल गाउँबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन गएकी थिइन् ।

बलात्कारपछि रक्ताम्य पारेर नालीमा अचेत अवस्थामा भेटिएकी थिइन पूजा । बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी बोहोराको अस्पतालमा उपचारपछि घटनाको तथ्य बाहिर आएको थियो ।

सार्वजनिक सञ्चार माध्यम, नागरिक समाज र विद्यार्थी संगठनबाट चर्को विरोध भएपछि बलात्कार गरी फालेको अभियोगमा २ जनालाई प्रहरी पक्राउ गरी अनुसन्धान थालेको थियो ।

प्रहरीको अनुसन्धानपछि बैतडी जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । सो मुद्दामा सुनुवाई गर्दै तत्कालिन जिल्ला न्यायाधीश हिमाल पाठकले दुबै अभियुक्तलाई जनही ५० हजार जरिवाना र १३ बर्षको फैसला सुनाएका थिए ।

तर मुद्दाको पुनरावेदन भएपनि पुनरावेदन अदालत महेन्द्रनगरका तत्कालिन न्यायाधीहरु नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको इजलासले सफाई दिएपछि पूजा बोहोरा प्रकरणले नयाँ मोड लिएको थियो ।

पुनरावेदन अदालतका तत्कालिन न्यायाधीश शाही र राजभण्डारीमाथि चरम न्यायिक बिचलन गरिएको भन्दै न्यायपरिषद्मा उजुरी समेत परेको थियो । शाही केहि दिन अगाडी मात्रै एउटा बियर कम्पनीको क्षेत्राधिकार बिहिन मुद्दाको सुनुवाई गरेको भन्दै न्यायपरिषद्बाट जागिरै जाने गरी कारबाहीमा परेका न्यायाधीश हुन् ।

तत्कालिन पुनरावेदन अदालत महेन्द्र नगरे फैसला उल्टाएपछी पुनरावेदनको सो फैसला खारेजीको माग गर्दै सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १२ : ०९ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष